आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
८६ पटक

काठमाडौं ।

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको पहिलो वाइडबडी एयरबस ए ३३०-२०० जहाज असार १४ गते अर्थात आगामी बिहीबार काठमाडौं आउने भएको छ ।

फ्रान्सको टुलुसबाट सीधा ‘फेरी फ्लाइट’ भरेर विमान काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनेछ । ८ घण्टाको यात्रा तय गर्दै विमान विहान ८ बजे आसपासको समयमा नेपालमा अवतरण हुनेछ ।

विमानलाई दुई विदेशी पाइलटले उडाएर ल्याउनेछन् । विमान ल्याउने व्यवस्थापकीय कामका लागि निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ फ्रान्स पुगिसकेका छन् भने महाप्रवन्धक सुगतरत्न कांशाकारसहितको टोली पनि आइतबार त्यता लाग्नेछ ।

निगमले अमेरिकी कम्पनी एएआरसँग दुईवटा वाइडबडी जहाज खरिद गर्न लागेको छ । यो पटक पहिलो विमान आउँदैछ । दुबै विमान २ सय ९ दशमलव ६ मिलियन अमेरिकन डलर अर्थात २१ अर्ब ९० करोड रूपैयाँमा खरिद गर्न लागेको हो ।

एएआर कर्पोरेसनले प्रतिथान १० करोड ४८ लाख अमेरिकी डलरका दरले दुईवटा वाइडबडी जहाज बिक्री गर्ने प्रस्तावलाई निगम सञ्चालक समितिले अनुमोदन गरेको थियो । दोस्रो वाइडबडी विमान पहिलो विमान आएको एकदेखि २ महिनाभित्र आइपुग्नेछ ।

२०७५ असार ८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...