इमान्दार संवाददाता
५२८ पटक

काठमाडौं ।

नेपाली कांग्रेसका नेता मनमोहन भट्टराईको मस्तिष्कघातपछि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्यमा समस्या देखिएपछि सात दिनअघि उनलाई नर्भिक अस्पताल थापाथली पुर्याइएको थियो ।

भट्टराईलाई हाल उच्च निगरानीमा राखिएको छ । सिटी स्क्यान रिपोर्ट आएपछि मात्र थप उपचारको प्रक्रिया अगाडि बढाइने उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

स्नायु रोग विशेषज्ञ डा राजीव झासहितको टोलीले उनको उपचार गरिरहेको नर्भिक अस्पतालले जनाएको छ।

२०७५ असार ७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड