
बेइजिङ ।
चिन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चिनिया राष्ट्रपति शी जिनपिङलाई बुधबार भेटेका छन् । यस्तै ओलीले बिहिबार चिनियाँ समकक्षी लि खछ्याङसँग भेटघाट गर्ने छन् ।
ओलीले शी जिनपिङलाई भेट्नुअघि बेइजिङस्थित नेपाली दूताबासमा आयोजित एक कार्यक्रममा सहभागी भएका थिए । त्यस अवसरमा नेपाली र चिनियाँ लगानीकर्ताबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी ८ सम्झौता भएको थियो ।
ओली दोस्रो पटक प्रधानमन्त्री भएपछि भएको उनको यो भ्रमणले नेपाल र चिनबीच व्यापारिक सहकार्यको मालामा केही थप पहल हुने अधिकारीहरुले बताएका छन् ।
भारतका प्रधानमन्त्री नेपाल भ्रमणमा आएको बेला विभिन्न व्यापारिक सम्झौता गरेका ओलीले चिनसंग पनि त्यहि स्तरको सम्झौता गर्न सक्छन वा सक्दैनन् त्यो भने हेर्न बाँकी नै छ ।