आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
६६९ पटक

काठमाडौं ।

भारतमा ३ जना नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई १ करोड बराबरको गहना र नगद चोरी गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरुलाई भारतको पुणेमा पक्राउ गरिएको त्यहा स्थित एक अनलाइनले समाचार लेखेको छ । पक्राउ पर्नेमा ४२ वर्षीय गोविन्द कालु परियारलगायत रहेको पुणे मिरर अनलाइनले लेखेको छ । पक्राउ गरिएकाहरूको नेपाली ठेगाना भने खुलाइएको छैन ।

उनीहरुमाथि पुणेको एक पसलबाट हिराका गहना र नगद चोरेको आरोप छ । चोरी भएको खबरलगत्तै सुरक्षासर्च अपरेशन सुरु गरिएको थियो । चोरीमा संलग्न भएका भनिएकाहरु नेपाल फर्किन सक्ने आशंकाले नेपालको सीमा क्षेत्र हुँदै चल्ने भारतीय रेलहरुमा बढी निगरानी बढाइएको थियो ।

मुख्य आरोपी गोविन्दले प्रयोग गरेको मोबाइल नम्बर ट्र्याक गर्दै जाँदा उत्तर महाराष्ट्रको भुसावल नजिक पुगेको सूचना सुरक्षाकर्मीहरुले पाएका थिए ।

त्यसपछि थाहा भयो कि उनी भुसावलबाट लखनउ पुष्पक एक्सप्रेस रेलमा चढेका छन् । त्यसपछि आरपीएफ र स्थानीय भारतीय कर्मचारीहरुको टोलीले सो रेलमा चढेर सर्च सुरु गरेको थियो ।

सर्च गर्ने क्रममा गोविन्द रेलको एक सामान्य डिब्बामा फेला परेका थिए । तर, उनका दुई सहयोगी भने अर्को एक कोचमा फेला परेका थिए । उनीहरुबाट चोरीका सामान बरामद भएको र तीनै जनालाई पुणे प्रहरीको जिम्मा लगाइएको भारतीय अधिकारीहरुले बताएका छन् ।

केन्द्रीय रेलवेका मुख्य सुरक्षा आयुक्त अतुल श्रीवास्तवका अनुसार ति नेपालीहरुलाई नेपालको सीमा क्षेत्रतर्फ प्रस्थान गर्न लागेको रेलबाट सोमबार पक्राउ गरिएको थियो ।

२०७५ असार ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...