आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१४५१ पटक

काठमाडौं । 

काठमाडौंको नयाँबजारमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ। दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ ।

आज बिहान बा २ ख ७०६ नम्बरको माइक्रो, बा ३४ प ३६६७ नम्बरको मोटरसाइकल र बा ५३ प ३७८२ नम्बरको स्कुटर दुर्घटनामा परी स्कुटर पछाडि सवार व्यक्तिको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

मृत्यु हुनेमा नुवाकोट घर भइ हाल काठमाडौं बस्ने ४० वर्षीया पवित्रा देवी भट्ट रहेकी छन्। दुर्घटनामा गम्भीर घाइते भएकी उनी उपचारको क्रममा पिपुल्स अस्पताल नयाँबजारमै मृत्यु भएको प्रहरीले जनएको छ।

दुर्घटनामा संलग्न सवारी साधनसहित चालकहरूलाई महानगरीय प्रहरी वृत सोह्रखुट्टेले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धमा विस्तृत अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

२०७५ असार ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...