इमान्दार संवाददाता
२४ पटक

काठमाडौं ।

सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने गिरोहका दुई जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले पक्राउ गरेको छ ।

लमजुङको दुर्दी गाउँपालिका (२ घर भई हाल ललितपुर महानगरपालिका वडा नं। ४ बस्ने बर्ष ५३ को मिन बहादुर थापालाई लगनखेलबाट र काठमाडौं महानगरपालिका वडा नं। ९ बस्ने बर्ष ३५ को जोसेफ श्रेष्ठलाई पुतलीसडकबाट पक्राउ गरिएको व्युरोले जनाएको छ ।

कोरियामा राम्रो रोजगारीको अवसर छ, सरकारी कोटामा कोरियामा १ बर्षको लागी भिषा लगाई पठाई दिन्छौ भन्दै प्रति व्यक्ति ११ लाख रूपैयाँ का दरले लाग्ने भन्दै ९ जना व्यक्तिहरूबाट ७९ लाख ६५ हजार ८ सय रूपैयाँ ठगी गरेको आरोपमा पक्राउ गरिएको हो ।

उनीहरु दुवैलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बैदेशिक रोजगार बिभाग बुद्धनगर पठाईएको व्युरोले जानकारी दिएको छ ।

२०७५ जेठ ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड