इमान्दार संवाददाता
१९७ पटक

काठमाडौं । 

सरकारले पटकपटक पेट्रोलियम पदार्थ, दैनिक उपभोग्य वस्तु मूल्यवृद्धि र सरकार धरपकडविरुद्ध तीन कम्युनिस्ट पार्टीको संयुक्त विरोध प्रदर्शन गरेका छन् ।

नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी माओवादी केन्द्र र ऋषि कट्टेल नेतृत्वको नेकपाले विहीबार काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।

विरोधको र्याली सुरु भएको छ । विरोध प्रदर्शनमा भारती प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणको बेला अरुण–३ जलविद्युत आयोजना सन्धिसम्झौता राष्ट्रहितविरुद्ध भएको बताउँदै नाराबाजी गरिएको छ ।

राष्ट्रियता, जनतन्त्र र जनजीविकाका विषयमा गरिएको विरोध प्रदर्शन कोणसभामा परिणत हुने बताइएको छ । सभालाई तीनै पार्टीका शिर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

२०७५ जेठ ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड