इमान्दार संवाददाता
२७९ पटक

काठमाडौँ ।

बाजेको सेकुवामा प्रहरीले छापा मारेको छ । सेकुवाका मालिकले तस्करहरुसंग मिलेर सुन तस्करी गरेको र उक्त सुन सेकुवाका विभिन्न शाखाका लुकाई राखेको हुनसक्ने अनुमान गर्दै छापा मारेको हो ।

प्रहरीले बाजेको सेकुवाका काठमाडौँमा रहेका ६ वटा आउटलेटमा छापा मारेको छ। तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणको छानबिन गर्न बनेको छानबिन समितिले बुधबार राजधानीका विभिन्न स्थानमा रहेका आउटलेटमा छापा मारेको हो।

बत्तिसपुतली अनामनगरलगायतका ६ वटा आउटलेटमा प्रहरीले छापा मारेको हो। ३३ किलो सुन प्रकरणमा मुछिएका बाजेको सेकुवाका सञ्चालक चेतनाथ भण्डारी हाल फरार छन्।

२०७५ जेठ ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...