इमान्दार संवाददाता
१०१ पटक

काठमाडौं, ३० जेठ । 

कलाकार भीमबहादुर थापाको निधन भएको छ । थापाको बुधबार बिहान २ बजे ९२ वर्षको उमेरमा निधन भएको आफन्तजनले बताएका छन्।

थापालाई मुटु, मृगौला, फोक्सो आदिमा स्वास्थ्य समस्या थियो । रोगका कारण थलिएका थापा केही समययता अभिनयमा कम सक्रिय थिए । उनको आजै पशुपति आर्यघाटमा दाहासंस्कार गरिनेछ ।

उनलाई अन्तिम श्रद्धाञ्जलिका लागि १० बजेदेखि १२ बजेसम्म आर्यघाटमा राखिनेछ । आर्यघटामा उनलाई सेनाले अन्तिम सलामी दिनेछ ।

थापाका दुई छोरीहरू रहेका छन् । उनी नेपाली सेनाका अवकाश प्राप्त सेनानी समेत हुन् । वास्तविक जीवनमा पनि उनको काजकिरियाका लागि अमेरिकामा रहेका उनका एक मात्र छोरा नेपाल आउन नपाउने भएका छन् ।

२०७५ जेठ ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड