इमान्दार संवाददाता
१३७ पटक

काठमाडौँ, २९ जेठ ।

काठमाडौँ र भक्तपुरका ५ वटा बिद्यालयमा लागुऔसध दुरुपयोग बिरुद्ध अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

जनमैत्री सहयोगी समाज नेपालको आयोजनामा युवा तथा बिद्यार्थी केन्द्रित उक्त अभिमुखीकरण कार्यक्रम काठमाडौँको बुढानिकलण्ठ नगरपालिका, चन्द्रागरी नगरपालिका र भक्तपुरमा गरी ५ वटा बिद्यालयमा सम्पन्न भएको हो ।

उक्त अभियानले जेठ २० गतेदेखि अभिमुखीकरण कार्यक्रम सुरु गरेको हो । २० गते बुढानिलकण्ठ नगरपालिकाको पिक प्वाइण्ट एकेडेमी चुनिखेलबाट अभियानको सुरुवात गरेको थियो । एकेडेमीको कक्षा ८, ९ र १० का युवा बिद्यार्थीहरुलाई लागुऔसध दुर्व्यसनीले समाज र व्यक्तिलाई कसरी नकारात्मक बाटोतिर लैजान्छ भन्नेबारे अभिमुखीकरण प्रशिक्षण दिइएको थियो ।

त्यस्तै जनमैत्री सहयोगी समाज नेपालको आयिजनामै जेठ २२ गते बुढानिलकण्ठ नगरपालिका १३ को नौलीङ माध्यमिक विद्यालयमा ८, ९ र १० कक्षाका बिध्यार्थिहरुलाई केन्द्रित गरी एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

सो क्रममा गृह मन्त्रालय अन्तरगतको लागुऔसध नियन्त्रण इकाईका कार्यक्रम अधिकृत खडक बहादुर श्रेष्ठले बिद्यार्थीहरुलाई प्रशिक्षण दिएका थिए । यस्तै जेठ २४ गते चन्द्रागिरी नगरपालिकाका २ वटा बिद्यालयमा एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको थियो ।

जनमैत्री सहयोगी समाज नेपालको आयोजनामा २४ गते चन्द्रागिरी नगरपालिकाको चण्डिका माध्यामिक बिद्यालय र भिम माध्यमिक बिद्यालयमा पनि कक्षा ८, ९ र १० का बिद्यार्थी केन्द्रित एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको थियो ।

यस्तै जेठ २८ गते जनमैत्री सहयोगी समाज नेपालले गृहमन्त्रालयको सहयोगमा भक्तपुरको बिद्यार्थी निकेतन उच्च माध्यमिक बिद्यालयमा कक्षा ८, ९, १०, ११ र १२ का बिद्यार्थीलाई केन्द्रित गरेर लागुऔसध दुरुपयोग बिरुद्धको एकदिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौँ र भक्तपुरमा सम्पन्न सबै कार्यक्रममा जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष टेक बहादुर बोगटी ‘प्रविन’ र अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो । ५ वटै कार्यक्रममा लागुऔसध दुर्बयशनी र त्यसको असरहरुबारे करिब २० मिनेट लामो वृतचित्र देखाइएको थियो ।

कार्यकममा गृहमन्त्रालय अन्तर्गत आगुऔसध नियन्त्रण इकाईका कार्यक्रम अधिकृत खडक बहादुर श्रेष्ठले बिध्यार्थिहरुलाई लागुऔसध दुरूपयोगले गर्ने असर र यसका हानिबारे प्रशिक्षण दिएका थिए ।

उक्त अभिमुखीकरण कार्यक्रमबाट करिब ५ सय बढी बिद्यार्थी लाभान्दित भएका छन् भने उनीहरुको सहयोगमा करिब ३ हजार नागरिक लागुऔसध बिरुद्धको अभियानमा लाग्न प्रेरित भएको जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष बोगटीले बताए ।

यस्तै कार्यक्रम सम्पन्न भएका सबै बिध्यालयहरुमा शिक्षक-शिक्षिकाहरुले पनि अभिमुखीकारण कार्यक्रमा सहभागिता जनाएको हुनाले करिब १०० भन्दा बढी युवा शिक्षकहरु पनि लाभान्दित भएको बोगटीको दाबी छ । ५ वटै कार्यक्रममा भाग लिएका बिध्यार्थीहरुले कार्यक्रमपछि यस्तो सचेतनामुलक कार्यक्रमले आफुहरुलाई नयाँ शिक्षा दिएको प्रतिक्रिया दिएका थिए ।

उनीहरुले यस कार्यक्रमबाट आफुहरु जागरुप भएको बताउदै आगामी दिनमा आफ्नो छरछिमेकमा कसैले लागुऔसध दुरुपयोग गरेको पाइएका सम्बन्धित निकायमा खबर गर्ने र सभ्य समाज निर्माणमा भूमिका निभाउने बताएका छन् ।

उक्त संस्थाले आगामी दिनमा पनि गृहमन्त्रालय र सम्बन्धित अन्य सहयोगी संस्थाहरुको सहयोगमा काठमाडौँका विभिन्न सरकारी तथा निजि बिध्यालयहरुमा युवा केन्द्रित एकदिने अभिमुखीकरण कार्यक्रम संचालन गरिने बताएको छ।

यो कार्यक्रमलाई लागुऔसध दुर्ब्यशनी प्रभावित हुनसक्ने क्षेत्र केन्द्रित गरेर निरन्तर जारी राख्ने जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष बोगटीले बताएका छन् ।

यस्तै विश्वब्यापी ब्यापक समस्या र चुनौती बन्दै गएको लागुऔषध दुरुपयोग रोकथामका लागि समाजका हरेक बर्गको सहयोग आबस्यक पर्ने बताउदै जनमैत्री सहयोगी समाज नेपालका अध्यक्ष बोगटीले खासगरी युवा पुस्ताले यो अभियानमा साथ दिनुपर्ने बताएका छन् ।

नेपाली समाजमा पछिल्लोसमय निकै बिकराल बन्दै गइरहेको लागुऔसध दुरुपयोग र दुर्ब्यशानी रोकेर सभ्य र सम्बृद्ध राष्ट निर्माणको जीम्मेवारी बहन गर्नुपर्ने युवापुस्ता आफै दुर्व्यशनमा फस्दा परिवार, समाज र सिङ्गो राष्टलाई नै क्षति पुगेकाले आफुहरु उक्त दुर्ब्यशन विरुद्धको अभियानमा जुटेको बोगटीले बताए ।

२०७५ जेठ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड