आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
७३९ पटक

काठमाडौं।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्ता सम्पन्न भएको छ । बहुप्रतीक्षित वान टु वान वार्ता केही बेरमा सकिएको हो । करिब ५० मिनेटसम्म वार्ता चलेको थियो ।

वार्तापछि ट्रम्प र उन दुबै हँसिलो मुद्रामा बाहिर निस्केको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् । सिंगापुरको टापुस्थित एक तारे होटलमा मंगलबार विहान भएको वार्तामा दुबै देशको हितको लागि भन्दै चार बुँदे सहमति पत्रमा ट्रम्प र उनले हस्ताक्षर गरेका छन् । बीबीसीका अनुसार सहमतिपत्रले उत्तर कोरिया र संयुक्त राज्य अमेरिकाबीच नयाँ सम्बन्धको पनि वाचा गरेको छ ।

१. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया शान्ति र समृद्धिका लागि दुवै देशका जनताको चाहना बमोजिम नयाँ अमेरिकी–उत्तरकोरियाली सम्बन्ध स्थापना गर्न प्रतिबद्ध छन् ।

२. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले कोरियाली प्रायद्वीपमा दीगो र स्थायी शान्ति निर्माण गर्न आपसी प्रयासलाई एकतावद्ध तुल्याउनेछन् ।

३. सन् २०१८ को एप्रील २७ तारिखमा भएको पाममुनजम घोषणापत्रप्रति समर्थन जनाउँदै, प्रजातान्त्रिक जनगणतन्त्र कोरिया कोरियाली प्रायस्द्वीपको पूर्ण परमाणु निशश्त्रीकरणका दिशामा काम गर्न प्रतिबद्धता व्यक्त गर्दछ ।

४. संयुक्त राज्य अमेरिका र प्रजातान्त्रिक जनगणतन्त्र कोरिया युद्धबन्दी र लडाईंका क्रममा बेपत्ता भएकाहरुको अवशेष खोजी गर्ने र पहिचान भैसकेका पार्थिव अवशेषहरुलाई सम्बन्धित देशमा तत्काल पठाउन पनि प्रतिबद्धता जनाउँद छन्।

सिंगापुरमा आयोजित हस्ताक्षर समारोहमा राष्ट्रपति ट्रम्पले उत्तर कोरियाली नेता किमसँगको वार्ता कसैले अनुमान गरेभन्दा पनि राम्रो ढंगले सफल भएको बताए ।

त्यसैगरी उत्तर कोरियाली नेता किमले आफूहरु विगतलाई पछाडि छाड्न सहमत भएको बताए । घोषणा नगरिपनि यो सहमतिले कोरिया युद्धको अन्त्य भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले बताएका छन् ।

२०७५ जेठ २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...