इमान्दार संवाददाता
६९ पटक

काठमाडौं, २८ जेठ ।

सोमबार सुनको भाउ सामान्य दरले ओरालो लाग्यो भने चाँदीको उकालो लाग्यो ।

अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा १०० रुपैयाँले वृद्धि भएर तोलाको ५८ हजार ५०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुनको मूल्य आइतबार तोलामा २०० ले उकालो लागेर तोलाको ५८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने यसदिन पनि तोलामा ५ रुपैयाँले उकालो लागेर तोलाको ७८५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सोमबार साँझसम्म सुन प्रतिऔंस १३ सय २ डलर हाराहारीमा कारोबार भएको थियो ।

२०७५ जेठ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड