आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३५८ पटक

काठमाडौं ।

काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारिएको छ । ३८ क्वीन्टल सुन तस्करी प्रकरणको छानबिन गर्न गठित विशेष अनुसन्धान समितिले काठमाडौंको न्यूरोड र दरबारमार्गमा रहेको आरके ज्वेलर्समा छापा मारेको हो ।

समितिका संयोजक ईश्वरराज पौडेलको नेतृत्वमा गएको टोलीले दुई वटै पसलबाट ठूलो परिणाममा सुन बरामद गरेको बताइएको छ । ज्वेलर्सका सञ्चालक राजेन्द्र शाक्य यसअघि नै पक्राउ परिसकेका छन् । यसअघि प्रहरीले सुनका मुख्य लगानीकर्ता मोहनकुमार अग्रवालको घरमा शुक्रबार छापा मारेको थियो ।

अग्रवालको घरमा छापा मारेर ३० लाख रूपैयाँ नगद, दुई किलो चाँदी र १० तोला सुन बरामद गरेको थियो । त्यस्तै, बा १० च २८२ नम्बरको गाडीसहित सुन राख्ने खाली डिब्बा, सुन बोक्ने ज्याकेट र अन्य केही महत्वपूर्ण कागजातहरु बरामद भएको थियो ।

२०७५ जेठ २८ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...