इमान्दार संवाददाता
८६ पटक

काठमाडौं ।

अस्ट्रेलियाको भिक्टोरियालाई कर्मथलो बनाइ बसेका नेपाली जुडो खेलाडी मोहन बमले गोल्डकोष्टमा सम्पन्न अस्ट्रेलियन राष्ट्रिय जुडो च्याम्पियनशिपमा स्वर्ण पदक जितेका छन्। जुडो अन्तर्गत नागेनो कातामा मोहनले एडमन्ड हयुनसँग जोडी बाधेर स्वर्ण पदक जितेका हुन्।

अस्ट्रेलियाका बिभिन्न राज्यका ६ वटा टिमले भाग लिएको कार्यक्रममा मोहनले भिक्टोरियाको प्रतिनिधत्वि गर्दै स्वर्ण पदक जितेका हुन्।

मोहनले प्रतियोगिताको ६० किलो तौल समूहको भिडन्तमा आइतबार पनि प्रतिस्पर्धा गर्ने छन्। यसअघि मोहनले कातातर्फ लगातार चार वर्ष स्वर्ण पदक जितेका थिए।

२०७५ जेठ २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...