इमान्दार संवाददाता
३३ पटक

काठमाडौं २४ जेठ ।

ज्योति विकास बैंक लिमिटेडले थप तीन नयाँ स्थानमा एटीएम सेवा शुरु गरेको छ । बैंकले काठमाडौंको पेप्सिकोला तथा नेपालटार र विराटनगरमा गरी तीन स्थानमा उक्त सेवा शुरु गरेको हो ।

यससँगै बैंकले १७ स्थानबाट एटीएम सेवा सञ्चालन गरेको छ । हालै मात्र बैंकले एससीटी कार्डलाई प्रतिस्थापन गरि भिसा डेबिट कार्ड ल्याएको हो ।

हाल बैंकले ५४ वटा शाखा कार्यालयबाट सेवा उपलव्ध गराउँदै आएको छ । यस आर्थिक वर्ष भित्रनै बैंकले थप ५ वटा नयाँ शाखा तथा थप ५ स्थानमा एटीएम संचालनमा ल्याउने प्रक्रियामा रहेको छ ।

२०७५ जेठ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड