आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१०२ पटक

काठमाडौं ।

महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कले शुक्रबार दुई हजार लिटर अवैध घरेलु मदिरा बरामद गरेको छ ।

प्रभागका प्रहरी नायब निरीक्षक प्रकाशबहादुर राउतकोे नेतृत्वमा गएको टोलीले राति गँगबु क्षेत्रका विभिन्न होटल तथा भट्टीमा छापा मारेको थियो ।

प्रभागका प्रमुख मोहनविक्रम केसीले गँगबु क्षेत्रलाई घरेलु मदिरामुक्त क्षेत्र बनाउने योजनानुसार अभियानमा शुरु भएको जानकारी दिँदै भने, ‘घरेलु मदिरा सेवनसँगै हुने झगडाका कारण धेरै मानिसको ज्यान जाने घटना बढेपछि हामीले घरेलु मदिरामुक्त क्षेत्र निर्माणका लागि सो अभियान चलाएका हौँ ।’

यसअघि प्रभागले झण्डै पाँच हजार घरेलु मदिरा बरामद गरेर नष्ट गरिसकेको छ । प्रभागले गँगबु, गणेशथान, मित्रनगर, पवित्रनगरलगायत क्षेत्रमा छापा मार्दा अवैध घरेलु मदिरासँगै मदिरा बनाउन प्रयोग गर्ने कच्चा पदार्थ र भाँडाकुँडासमेत बरामद गरेको छ ।

२०७५ जेठ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...