इमान्दार संवाददाता
१५७ पटक

काठमाडौं ।

सम्पन्न मुलुकहरुको समूह जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प एक्लिएका छन् । क्यानडामा भएको जी-सेभेनको बैठकमा अमेरिकी राष्ट्रपति ट्रम्पले रसियालाई पनि समूहमा सहभागी गराउनुपर्ने आकस्मिक प्रस्ताव गरेपछि उनी एक्लिएका हुन ।

बैठकमा राष्ट्रपति ट्रम्पले रुसलाई जी–सेभेन समूहमा सहभागी गराउनुपर्ने प्रस्ताव गरेका थिए। यसअघि पनि सोही समूहमा रहेको रुसलाई अन्य मुलुकहरुले क्रिमियालाई रुसमा गाभेपछि निस्कासन गरेका थिए ।

अमेरिकी राष्ट्रपतिको प्रस्तावपछि जर्मनीका चान्सलर एन्जिला मर्केलले अरु युरोपियन मुलुकहरु रुसलाई ल्याउन कुनै पनि हालतमा सहमत नहुने बताए ।

त्यसैगरी बैठकमा अमेरिकाले हालै लगाएको स्टिल र आल्मुनियममाथिको करका विषयमा पनि चर्को आलोचना भएको छ । क्यानडाका राष्ट्रपति जस्टिन टुडोले अमेरिकाले स्टिल र आल्मुनिया आयातमा लगाएको नयाँ कर गैरकानुनी भन्दै आलोचना गरे ।

उनले इरानसँगको परमाणु सम्झौता र जलवायु परिवर्तनका मुद्दामा अलग हुने अमेरिकी निर्णयको आलोचना गरे । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले पनि अमेरिकाले चालेका कदम प्रत्युत्पादक भन्दै त्यसलाई सच्याउन सुझाव दिए ।

ट्रम्पले भने स्टिल र आल्मुनियममा लगाएको कर यथावत रहने र यो निर्णयमा फेरबदल नहुने प्रतिक्रिया दिएका छन् । यद्यपी फ्रान्सेली राष्ट्रपतिले धेरै विषयमा कुरा भइरहेको र व्यापारको विषयमा पनि प्रगति गर्ने सम्भावना अझै बाँकी रहेको बताए ।

२०७५ जेठ २६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...