इमान्दार संवाददाता
१७०६ पटक

काठमाडौं ।

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बलमा एआईजीको संख्या घटाउने भएको छ । गृहमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार मन्त्रालयले एआईजीको संख्या घटाउने प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ ।

मन्त्रिपरिषदको शुक्रबार बस्ने वैठकले एआईजी संख्या घटाउने निर्णय गर्ने गृहमन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए । गृहले नेपाल प्रहरीमा प्रशासनतर्फ ४ र प्राविधिकतर्फ १ गरी ५ जना एआईजी संख्या सिफारिश गरिएको छ भने सशस्त्र प्रहरीमा भने २ जना एआईजी राख्ने प्रस्ताव गरिएको छ ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीमा एआईजीको संख्या आवश्यकता भन्दा बढी भएको भन्दै आलोचना भइरहेको बेला गृहले दुबै सुरक्षा निकायमा उच्च अधिकारीको दरबन्दी कटौती गरेको हो ।

यसअघी कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले नेपाल प्रहरीमा एआईजीको संख्या १६ पुर्याएको थियो भने सशस्त्रमा एआईजी संख्या ९ पु¥याएको थियो ।

यसैबीच सत्तारुढ  कोष्टवाला नेकपाका अध्यक्ष पुष्पकमल दाहालले मुलुकको आर्थिक विकासका लागि अहिले सबैभन्दा अनुकूल वातावरण बनेको बताएका छन् ।

पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले सुशासन, आर्थिक विकास र समृद्धि सबै राजनीतिक दलहरुको मूल एजेन्डा भएको बताउँदै त्यसलाई नयाँ गतिका साथ अघि बढाउन चुनौतीको सामना गरेर अघि बढनुको विकल्प नरहेको समेत स्पष्ट पारे ।

बिहीबार काठमाडौंमा आयोजित साना तथा मझौला व्यवसायी महासंघ, नेपालको १५ औं स्थापना दिवसलाई सम्बोधन गर्दै उनले विगतमा राजनीतिक स्थायित्व हुन नसक्दा मुलुकको आर्थिक विकासको काम अघि बढ्न नसकेको स्मरण गराएका थिए ।

अध्यक्ष प्रचण्डले कृषि, पर्यटन, उद्योगमार्फत् मुलुकको विकास र समृद्धिको चाहनालाई पूरा गर्न सबै पक्षले जोड दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

अध्यक्ष प्रचण्डले साना तथा मझौला उद्योग मुलुकको आर्थिक विकासको मूल आधार भएको उल्लेख गर्दै त्यसलाई आवश्यक सहयोग गर्ने आश्वासन पनि दिए । उनले महासंघले संचालन गरेको ‘एक घर, एक व्यवसाय’ अभियानलाई पनि आफूहरुको साथ रहने बताए ।

२०७५ जेठ २४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड