आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
३४७ पटक

काठमाडौं ।

वैदेशिक रोजगारीमा मलेसिया पठाउने नाममा ठगी गर्दै आएका थप चार जना म्यानपावर व्यवसायी धरौटीमा छुटेका छन्। काठमाडौं जिल्ला अदालतको आदेशमा ४ जना व्यवसायी धरौटी बुझाएर रिहा भएका हुन्।

मंगलबार धरौटी बुझाएर रिहा हुनेमा निमि कुमारी तिवारी, करुणा शर्मा, रामकृष्ण अवस्थी र ईश्वर भण्डारी रहेका छन्। अदालतको आदेश अनुसार तिवारीले १५ लाख रुपैयाँ, भण्डारीले २ लाख ५० हजार रुपैयाँ र शर्मा र अवस्थीले जनही २५ हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिएका छन्।

सोमवार मात्र व्यवसायी चन्द्र राई, विदुर थापा, यमबहादुर खड्का, दिनेशराज श्रेष्ठ, देवेन्द्र आचार्य र गणेश तिमिल्सिना धरौटी बुझाएर रिहा भएका थिए। श्रेष्ठले ३० लाख रुपैयाँ, राईले ५ लाख, आचार्यले ६ लाख, थापाले ५० हजार, तिमिल्सिनाले २० हजार रुपैयाँ धरौटी बुझाएका हुन्।

२०७५ जेठ २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...