आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९४७ पटक

काठमाडौँ, १७ जेठ ।

नेपाली गीत संगीत क्षेत्रमा पछिल्लोसमय पप संगीतले बजार ओगट्दै गइरहेको छ । यसै क्रममा हङ्कङ्मा रहेका अनुप गुरुङ्ले “जुनी यो संगै” बोलको नेपाली पप गीत बजारमा ल्याएका छन् ।

सोङ्स नेपालको युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको उक्त गीतमा अनुप आफ्नै सब्द सगीत र स्वर रहेको छ भने सुबास गुरुङ्ले एरेञ्ज गरेका छन् ।

संगीत जोन स्टुडियोमा रेकडिङ्ग गरिएको उक्त गीतकाे भिडियोमा रोजी पुनले मोडलिङ्ग गरेकी छन् । पछिल्लो समय नेपालमा लोक संगीतले बढी स्थान पाउन थालेको र पप संगीत ओझेलमा पर्ने सम्भावना भएका कारण नेपालको पप संगीत क्षेत्रलाई अझै उचाइमा पुर्याउन आफुहरुले यस्ता गित संगीतलाई बढी प्राथमिकतामा राखेर बजारमा ल्याइएको अनुप गुरुङ्गले बताएका छन् ।

यो भन्दा अघिल्लो पटक पनि अनुप गुरुङ्गले “आँखाको नानी” बोलको पप गीत बजारमा ल्याई सकेका थिए । उक्त गीतलाई पनि पाठकले निकै रुचाएको भन्दै अनुपले अहिले बजारमा आएको नयाँ गीत “जुनी यो संगै” पनि पाठक श्रोताहरुले अत्याधिक मन पराउने आशा ब्यक्त गरेका छन् ।

अघिल्लो पप गित “आँखाको नानी” मा कलाकार भिक्टर राना र उर्मिलाले मोड्लिङ्ग गरेका थिए । भने भिक्टर राना आफैले भिडियो निर्देशन पनि गरेका थिए । प्रमोद गुरुङ्ले छायाँकन गरेको उक्त गीतमा अनुप आफ्नै स्वर रहेको थियो । उक्त गीतको भिडियो लगभग साढे सात लाख संगीत प्रेमी श्रोताहरुले हेरेका छन् ।

बल कुमार पुनले छायांकन गरेको “जुनी यो संगै” गीतको म्युजिक भिडियो बजारमा ल्याइएपछि निता पुन, लिना पुन, गोबिन पुन, रुप्सी पुन, प्रदिप श्रेष्ठ, दिपेन गुरुङ्ग, मन गुरुङ्ग, भिक्टर राना र ज्याप स्टुडियो होंक कोङ्गले स्पिशल धन्यबाद दिएका छन् ।

हेर्नुहोस भिडियो

हेर्नुहोस यो अघिल्लो भिडियो पनि

२०७५ जेठ २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...