इमान्दार संवाददाता
३१९७ पटक

काठमाडौँ । 

सरकारको निर्देशनमा नेपाल आयल निगमले पनि पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बृद्धि भएको भन्दै इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट मूल्य बढेर आएपछि निगमले इन्धनको मुल्य बढाएको बताएको हो ।

निगमले शनिबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा प्रति लिटर तीन/तीन रूपैयाँ बढाएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रति लिटर एक सय १३ रुपैयाँ, डिजेल र मट्टितेलको ९५ पुगेको छ ।

त्यस्तै, हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर पाँच रुपैयाँ, अन्तर्राष्ट्रियतर्फ प्रति केएल ७५ डलर बढाएको निगमले जनाएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत छ ।

२०७५ जेठ २० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड