४९४ पटक

रमेश कुमार वोगटी, कालीकोट ।

नेपाल बिद्युत प्राधिकरण शाखा कार्यालय कालिकोटले शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाइनको पैसा नतिरेका कारण एसियन पावर कम्पनी प्रालि बुटवलले आइतबार टर्वाइन खोलेर फिर्ता लिने जनाएको छ ।

२०७० चैत्र ९ मा कम्पनीबाट किनेको टर्वाइन किनेर जडान गरेको थियो । नेपाल बिद्युत प्राधिकरणले एक करोड एक लाख ५० हजार ५० रुपैयाँमा किनेको टर्वाइन मेसिनकोको ९२ लाख रुपैयाँ तिर्न बाँकी रहेको थियो ।

बाँकी रुपैयाँ नतिरेका कारण आइतबार टर्वाइन उठाउने भएको हो । नेपाल बिद्युत प्राधिकरण नेपालगंजले ठेक्का आह्वान गरेर शान्तिघाट जलबिद्युत आयोजनाको टर्वाइन जडान गरेको ५ वर्षसम्म रकम भुत्तानी नगरेका कारणले आफूहरूले टर्वाइन मेसिन उठाउन लागेको एसियन पावर कम्पनी बुटवलका प्रोजेक्ट म्यानेजर रामप्रसाद पाण्डेले बताए ।

‘हामीले टर्वाइन मेसिन जडान गरेको ५ वर्षसम्म पनि पैसा भुक्तानी भएन् ।’ उनले भने, ‘आइतबार नै मेसिन उठाउने तयारी भएको छ ।’ आयोजनामा प्रयोग भएको टर्वाइनको पैसा नदिएको विषयमा आफूलाई जानकारी नभएको टर्वाइनका विषयमा कम्पनीसँग छलफल गर्ने नेपाल बिद्युत प्राधिकरण कालिकोट वितरण शाखाका प्रमुख शम्भुप्रसाद मण्डलले बताए । उनले भने- ‘पहिलाका के भएको हो मलाई थाहा भएन ।’

लामो समयदेखि अबरुद्ध रहेको कालिकोट बिद्युत सेवा टर्वाइन आएपछि २०७३ सालदेखि संचालनमा आएको थियो । बिद्युतको टर्वाइन उठाएमा कालिकोटको बिद्युत सेवा अबरुद्ध हुने भएको छ ।

धर्मराज धमालाले विद्युत सेवा अवरुद्ध हुँदा कालिकोट सदरमुकामबासी र अधिकांस जिल्लावासीको दैनिक कामकागमा वाधा आउने स्थानीयहरू वबताएका छन् ।

पाँच सय किलोवाट क्षमता भएको सो जलविद्युतबाट अहिले २५० किलोवाट मात्र प्रयोग हुँदै आएको भए पनि कम्पनिले टर्वाइन मेसिन लिदा अब कालीकोट अध्यारै हुने स्थानिय धन वहादुर शाही बताउछन् ।

२०७५ जेठ १६ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड