इमान्दार संवाददाता
२६ पटक

काठमाडौं ।

नेपाल ट्रेड युनियन काँग्रेस प्रदेश नं.३ को अध्यक्षमा विनोद कार्की निर्वाचित भएका छन् ।

शुक्रबार राति सम्पन्न मतपरिणामानुुसार २६६ मत ल्याएर कार्की विजयी भएका छन् । उनका निकटम प्रतिद्वन्द्वी गणेश भट्टराईले २५४ मत प्राप्त गरेका हुन् ।

यस्तै उपाध्यक्ष (खुल्ला)मा गोविन्द डंगोल र घनश्याम चापागाईं, उपाध्यक्ष (महिला) मा ईश्वरीदेवी लौडारी, उपाध्यक्ष (सेवा) मा लीलानाथ चौलागाईं, उपाध्यक्ष (उत्पादन) मा वीरेन्द्रबहादुर लामा, उपाध्यक्ष (अनौपचारिक) मा कुमारप्रसाद पौडेल र सचिवमा राजेश हुमागाई निर्वाचित भएका छन् ।

सहसचिव (खुल्ला) मा प्रकाश दाहाल, सहसचिव (महिला) मा उर्मिला कार्की, सहसचिव (सेवा) मा तुलसीप्रसाद अधिकारी, सहसचिव (उत्पादन) मा नरेन्द्र मानन्धर, सहसचिव (अनौपचारिक) मा भरतप्रसाद अधिकारी र सहकोषाध्यक्षमा तारा भण्डारी विजयी भएका छन् ।

कोषाध्यक्ष विश्वहरि घिमिरे भने यसअघि नै निर्विरोध निर्वाचित भएका छन् । यस्तै सदस्यमा नरेन्द्र विष्ट, बाबुराम भुसाल, रामकुमार बस्नेत, शोभा भण्डारी, सरला पुडासैनी, हरिमाया पोखरेल, मीना तामाङ, ईश्वर गिरी, पुरुषोत्तम पराजुली, माधव पौडेल, उदयबहादुर लामा, प्रभा जोशी र ऋषिराम गिरी निर्वाचित भएका छन् ।

श्रमिकलाई सामाजिक सुरक्षा योजना, स्वास्थ्य बीमा, दुर्घटना बीमा तथा मातृत्व संरक्षणका क्षेत्रमा विशेष पहल गर्ने नवनिर्वाचित अध्यक्षको भनाई छ ।

२०७५ जेठ १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड