आज : २०७५ आश्विन ३० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
४०५४ पटक

काठमाडौं, १२ जेठ ।

डडेल्धुरामा एक गुडिरहेकाे बसमा अागलागी भएकाे छ। उग्रतारा सार्वजनिक यातायात डडेल्धुरा समितिको सुबिधा सम्पन्न एयरसस्पेन्सन बसमा आगो लाग्दा बस ध्वस्त भएको छ। डडेल्धुरा काठमाडौँ रुटमा सञ्चालन हुँदै आएको बसमा आगो लाग्दा बस पूर्ण रुपमा ध्वस्त भएको हो।

शुक्रबार दिउँसो काठमाडौँबाट डडेल्धुराका लागि छुटेको बा ४ ख ८४९२ नम्बरको बसमा शनिबार बिहान करिब ६ बजे तिर आफैँ आगो लागेको बताइएको छ। पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तरगत बाँके जिल्लाको बासगढी नजिक अर्काे गाडी लाई ओभरट्याक गर्ने क्रममा अगाडिको चक्कामा आगलागी पछि पुरै बसमा आगो फैलिएको सोही बसमा सवार यात्रु भुवन जोशीले बताए।

एक्कासी रुपमा आफैँ आगो दन्किएपछि बस जलेर पूर्ण रुपमा नष्ट भएको छ भने यात्रुहरु सबै सकुसल रहेको उनले बताए। उग्रतारा यातायात डडेल्धुराबाट सञ्चालनमा आएको सानो चमेना गृहसहित शौचालय भएको घटाल एयर सस्पेन्सन बसमा आगलागी भएको उग्रतारा समितिले जनायो।

करिब ४५ यात्रु सवार बसमा आगलागी भए पछि यात्रु सकुसल रहे पनि यात्रुहरुको सबै सामान जलेर नष्ट भएकोे उग्रतारा सार्वजनिक यातायात समिति अध्यक्ष पदमराज जैसीले बताए। वाएर सर्ट भई आगोलागेको भन्ने बताइए पनि आगलागीको मुख्य कारण खुल्न नसकेको अध्यक्ष जोशीको भनाई छ

 भिडियो सौजन्य: अनलाइन खबर
२०७५ जेठ १२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...