आज : २०७५ कार्तिक ६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२२७ पटक

रमेश कुमार वोगटी, कालीकोट

नेपाल कम्युनिष्ट पार्टीले देशभर मदिरा मुक्त क्षेत्र घोषणा गर्ने अभियान सुरु गरेको जनाएको छ । सोही क्रममा कर्णाली प्रदेशको कालीकोट जिल्लालाई पनि नेकपाले मदिरामुक्त जिल्ला घोषणा गरेको छ ।

यसै क्रममा नेकपाले कालिकोट र दैलेखको सिमाना दैखोलामा मदिराको एक ट्रक नै कब्जामा लिएको छ । सुर्खेतबाट कालीकोट मदिरा लैजादै गरेको सूचनाका आधारमा नेकपाले ट्रक नियन्त्रणमा लिएर १ सय ६० पेटी मदिरा नष्ट गरेको छ ।

सुर्खेतदेखी कालिकोट आउदै गरेको ना २ ख १५०३ नम्बरको ट्कमा लोड गरिएको १० लाख बढी मुल्यको उक्त मदिरा नेकपाका कार्यकर्ताहरुले कब्जामा लिइ गाडीबाट निकालेर नष्ट गरी खोलामा फालेका छन् ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमूख सुबासचन्द्र बोहोराले नेकपाले ट्रकमा भएको मदिरा नष्ट गरेको पुष्टी गरेका छन् । प्रति पेटी २ बोहोराले हजार ७ सय बराबर मुल्य पर्ने खुसी डाईभरजिन ५० पेटी, करीब ७ हजार मुल्य पर्ने १ सय १० पेटी ब्लुडाईमण्ड जिनमा नष्ट गरेको वताएका छन ।

बोहराका अनुसार शुक्रबार नेकपाका कार्यकर्ताले ट्रकमा लोड गरेर ल्याइदै गरिएको मदिरा नष्ट गरेको जानकारी पाएपछि घटनास्थलमा प्रहरी टोली खटाएर विवरण संकलन गरिएको छ ।

नेपाल कम्यूनिष्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी ‘रणदिप’ले आफुहरुले कालीकोट जिल्लालाई मदिरामुक्त जिल्ला घोषणा गरेपनि व्यपारीहरुले अटेर गरी मदिरा आयात गरिरहेकाले आफ्नो पार्टीले जफत गरी नष्ट नगरेको बताए ।

उनले भने- ‘हामीले मदिरा मुक्त जिल्ला बनाउने अभियान थालेका छौ । व्यपारीहरुलाई मदिरा बिक्रि बितरण नगर्न आग्रह गरेका छौ । तर हाम्रो पार्टीको आदेश अटेर गरी मदिरा बिक्रि बितरण गरिरहे त्यस्तो गर्ने व्यपारीहरुलाई कारबाही गर्ने हाम्रो अभियान छ ।’

२०७५ जेठ ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...