आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
११० पटक

काठमाडौं ।

माछापुच्छ्रे बैंक लिमिटेडले एकैपटक थप १० शाखा कार्यालयको सुरुवात गरेको छ । बैंकका पुुर्व अध्यक्ष डा. विरेन्द्र प्रसाद महतोले खोटाङ्गको हलेसी शाखाको उद्घाटन गरेका छन् । उद्धघाट्नमा बैंकका संचालक राममान श्रेष्ठ र नगरका मेयर इभर राईको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै धनुुषाको गणेशमान चारनाथ शाखाको उद्घाटन पनि बैंकका पुुर्व अध्यक्ष डा. महतोले नै गरेका छन् । महतोसँगै बैंकका संचालक राममान श्रेष्ठ तथा नगरका मेयर रामबाबुु यादवपनि उद्घाटन कार्यक्रममा सहभागी रहेका थिए ।

त्यसैगरी झापाको बाह्रदशी शाखाको उद्घाटन भने बैंकका संचालक गोपी कृष्ण न्यौपानेले गरे । साथै, बैंकले मोरङ्गको जहदा, रौतहटको वृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुुगुुको खत्याडमा समेत शाखाको स्थापना गरेको छ ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम बैंकले वाणिज्य बैंकको उपस्थिति नरहेका १० गाउँपालिका र नगरपालिकाहरुमा शाखा स्थापना गरी सञ्चालनमा ल्याएको हो । नयाँ शाखा मार्फत बैंकले आफ्ना ग्राहकहरुलाइ कर्जा, निक्षेप लगायतका सम्पुर्ण बैकिङ्ग सुबिधा उपलब्ध गराएको छ ।

यसका साथै, हलेसी र गणेशमानचारनाथ शाखामा २४ घण्टा नै रकम झिक्न सकिने आफ्नै एटिएमको सुबिधा समेत उपलब्ध गराएको बताएको छ ।

यस बैकले २०७४ साल चैत्र मसान्तसम्म रु ६८ अर्व निक्षेप परिचालन गरी रु. ६२ अर्व कर्जा प्रवाह गरेको छ भने सोही अबधिमा रु. ८१ करोड खुद मुनाफा गरेको छ ।

उक्त शाखाहरु समेत बैकले पुर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना ७४ वटा शाखाहरु, २ वटा एक्स्टेन्सन काउन्टरहरु लगायत १९ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा ९५ स्थानवाट ग्राहक महानुभावहरुमा सम्पुर्ण बैकिङ्ग सुबिधा प्रदान गरीरहेको जनाएको छ । साथै, बैकको देशभर ८८ वटा एटीएमहरु संचालनमा रहेको छ ।

२०७५ जेठ ३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...