इमान्दार संवाददाता
७९ पटक

भैरहवा।

पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुसन्धान कार्यालयले भन्सार छलेको आशंकामा दुईवटा ट्रक नियन्त्रणमा लिएको छ ।

भन्सार पास भएर काठमाडौं जाँदै गरेका ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुई ट्रकमा एक-एक एक्साभेटर र एक÷एकवटा ह्यामर (ब्रेकर) लोड गरिएका थिए ।

भारतबाट आयात गरिएका यी मेशिनरी सामान भैरहवाबाट काठमाडौं जाँदैगर्दा नवलपरासीको दाउन्नेबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि क्षेत्रीय कार्यालय बुटवल ल्याइएको पश्चिमाञ्चल क्षेत्रीय राजश्व अनुन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत नरेन्द्रराज पाण्डेले बताए ।

उनका अनुसार ना.७ ख ९३२८ र ना.५ ख ७३८३ नम्बरका दुईवटा एक्साभेटरको प्रज्ञापन पत्र भए पनि दुईवटा ह्यामरको भने प्रज्ञापन पत्र छैन । ह्यामरको भ्याट बिल मात्रै काटिएको छ ।

एकचोटी भन्सार पास गरिएको सामानमा एउटाको प्रज्ञापन हुनु र अर्कोको नभएकाले नियन्त्रणमा लिइएको जनाइएको छ । भन्सार कर्मचारी र भन्सार एजेन्टको मिलेमतोमा ह्यामर भन्सार छलेर ल्याइएको आशंका छ ।

२०७५ जेठ १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड