इमान्दार संवाददाता
२८ पटक

काठमाडौँ ।

प्रभु बैंक लिमिटेडले चार शाखा एकसाथ संचालनमा ल्याएको छ।

संघीय संरचना बमोजिम गठित विभिन्न स्थानीय तहमा रहेका सेवाग्राहीहरुलाई सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले बाग्लुङको निसीखोला र तमानखोला दैलेखको भगवतीमाई गाउँपालिका र गुराँस बंक शाखा संचालनमा ल्याएको बैंकले बताएको छ।

शाखा कार्यालय उद्घाटन कार्यक्रममा सम्बन्धित जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रतिनिधिहरु, विभिन्न राजनैितक दलका प्रतिनिधीहरु, उद्योग वाणिज्य संंघका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको बैंकले जनाकारी दिएको छ।

सञ्चालनमा आएका बैंकका निसीखोला शाखा, तमानखोला शाखा, भगवतीमाई शाखा र गुराँस शाखा कार्यालयहरुबाट त्यहाँका स्थानीय सेवाग्राही, सर्वसाधारणहरु, उधमी, व्यवसायी तथा संघ संस्थाहरुले बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने छन् र चारैवटा गाउँपालिकको समग्र आर्थिक विकासमा टेवा पुग्नेछ भन्ने बैंकले विश्वास लिएको छ।

२०७५ बैशाख ३१ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड