इमान्दार संवाददाता
१०९ पटक

कृष्ण ओली, नेपालगन्ज ।

करछली गर्दै आएको एलसेलमाथि पुनः आक्रमण भएको छ । अज्ञात समुहले बाँकेका विभिन्न २ स्थानमा रहेका टावरमा आगजनी गरेको छ ।

खजुरा गाउँपालिका ८ रनियापुर र बैजनाथ गाउँपालिका ६ जि गाउँमा रहेको एलसेलको टावरमा अज्ञात समुहले शनिबार राती आगजनी गरेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी टेक बहादुर तामाङले जानकारी दिए ।

एसपी तामाङका अनुसार आगजनीबाट दुवै टावरमा राखिएका जेनेरेटरमा आंशिक क्षती पुगेको छ । रनियापुरको टावरमा शनिबार राती साढे १० बजेतिर अज्ञात समुहले आगजनी गरेको थियो भने जि गाउँको टावरमा पौने १२ बजेतिर आगजनी गरिएको प्रहरीले जनाएको छ । अज्ञात समुहले आगजनी गरे पनि समयमै पुगेको प्रहरीले आगो नियन्त्रणमा लिएको थियो ।

टावरका महत्वपूर्ण उपकरणहरुमा क्षति नपुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कुनैपनि समूहले घटनाको जिम्मा लिएको छैन । विप्लव नेतृत्वको नेकपाले आगजनी गरेको हुनसक्ने बाँके प्रहरीले आंशका गरेको छ ।

प्रहरी प्रमुख एसपी तामाङले भने, अहिलेसम्म घटनाको कसैले जिम्मेवारी लिएको छैन, घटनामा सग्लनहरुको खोजी कार्य जारी छ । यसअघि राज्यलाई तिर्न बाँकी पुरै कर नतिरेको एलसेलमाथि नेकपाले चरणबद्धरुपमा कारवाही गरेको थियो ।

२०७५ बैशाख ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...