इमान्दार संवाददाता
३८७ पटक

काठमाडौं ।

शनिबार काठमाडौँ महानगरपालिकाले घिनलाग्दो हर्कत देखाएको छ । आफुलाई लोकतन्त्रको हिमायती ठान्ने मेयर बिद्या सुन्दर शाक्यले महानगरपालिकाले आयोजना गरेकै कार्यक्रममा सञ्चारकर्मीलाई रोक लगाएर प्रेस स्वतन्त्रताको धज्जी उडाएका छन्।

नेपालको दुइदिने भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई महानगरपालिकाले गर्ने अभिनन्दन कार्यक्रममा नेपाली सञ्चारकर्मीलाई प्रवेशमा रोक लगाई समाचार सम्प्रेषणमा बन्देज लगाएर यस्तो हदैसम्मको घिनलाग्दो हर्कत प्रस्तुत गरेका हुन् ।

जनकपुरदेखी मुक्तिनाथसम्म भारतका सञ्चारकर्मी मोदीको अघिपछि लागेर फोटो खिच्न प्रतिबन्ध लगाइएको ठाउँको समेत फोटो, भिडियो कैद गर्न भ्याइरहेका बेला यता महानगरपालिकाले भने नेपाली सञ्चारकर्मीलाई अभिनन्दन स्थलमा प्रवेश निषेध गरेर अबहेलित गरेको छ ।

काठमाडौं महानगरपालिकाले राष्ट्रिय सभागृहमा मोदीलाई गर्ने अभिनन्दन कार्यक्रममा जानका लागि परराष्ट्र मन्त्रालयले जारी गरेको प्रेस पास हुँदाहुँदै पनि समाचार सम्प्रेषण गर्न गएका पत्रकारहरुलाई सुरक्षाकर्मीले रोकेका थिए ।

प्रेस पास भएर पनि किन प्रवेशमा रोक लगाइयो ? भन्ने संचारकर्मीको प्रश्नमा सुरक्षाकर्मीले महानगरपालिका र माथिको आदेश भन्दै निर्देशन अनुसार नै नेपालका मिडियाकर्मीलाई प्रवेश गर्न रोकिएको बताएका थिए ।

यसरी नेपालका सञ्चारमाध्यम र सञ्चारकर्मीलाई कार्यक्रम स्थलमा जान रोक लगाइएपछि पत्रकारहरुले क्यामरा डाउन गरेर मोदीको कार्यक्रम बहिष्कार गरेका छन् ।

चिनिया राष्ट्रिय समाचार एजेन्सी सिन्ह्वाका फोटो पत्रका सुनिल शर्माले संचारकेन्द्रसँग कुरागर्दै उनले भने ‘हामी २५ जना पत्रकारको समुहलाई सभागृहको कार्येक्रमका लागि परराष्ट्र मन्त्रलायेले प्रेस पास उपलव्ध गराएको थियो तर प्रवेशमा रोक लगाइयो ।’

उनले भने- ‘प्रवेश पास पाउँदापाउँदै पनि हामीलाई किन रोक लगाइयो भनेर मयेर बिद्या सुन्दर शाक्यसँग सम्पर्क गर्दा समेत कुनै जवाफ पाएनौ । त्यसपछि हामी सभागृह बाहिरै लाइनमा उभियौ र लगत्तै भारतीय प्रधानमन्त्री नरेद्र मोदी आउदा हामीले क्यामराहरु डाउन गरी भुइमा राखेका थियौ । हात हल्लाउदै आएका मोदीले हामीलाई देखेर केही छिन रोकिएर हेरेका थिए ।’

यसरी आफ्नै देशका सञ्चारकर्मीलाई मोदीको अभिनन्दनमा गरिने कार्यक्रमको समाचार सम्प्रेषण गर्न रोक लगाइनुले अन्तराष्ट्रिय क्षेत्रमै नेपालका मिडिया जगतको अपमान भएको भन्दै पत्रकारहरुले गम्भीर आपती जनाएका छन् ।

यस्तै दुई दर्जन बढी पत्रकारहरुलाई यसरी कार्यक्रम स्थलमा प्रवेश गर्न रोक लगाइएपछि मेयर बिद्या सुन्दर शाक्यले सार्वजनिकरुपमा माफी नमागेसम्म महानगरपालिकाले आयोजना गर्ने कार्यक्रमहरु पनि बहिष्कार गर्ने जनाएका छन् ।

२०७५ बैशाख २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड