आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१८३५ पटक

काठमाडौँ ।

नेपाल भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रचण्ड-ओली गठबन्धन सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको अरुण तेस्रो लगायतका सम्झौता विरुद्ध शनिबार दिउसो काठमाडौँमा बिरोध प्रदर्शन भएको छ ।

शुक्रबार ओली र मोदीबीच अरुण तेस्रोलगायतका विभिन्न बिषयमा भएको उक्त सम्झौता राष्ट्रघाती भएको भन्दै नेपालका नेपाल कम्युनिस्ट पार्टीले त्यस प्रकारका सन्धि सम्झौता खारेजीको माग गर्दै प्रदर्शन गरेको हो । नेपाल कम्युनिस्ट पार्टी र सो निकट १४ वटा जनबर्गीय संगठनले संयुक्त रुपमा बिरोध प्रदर्शन गरेका हुन् ।

नेकपा निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल किसान संगठन (क्रान्तिकारी), अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ, अनेरास्ववियु (क्रान्तिकारी), नेपाल राष्ट्रिय बुद्धिजीवि संगठन, अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघले बिरोध प्रदर्शन गरेका छन् ।

यस्तै प्रदर्शनमा नेपाल राष्ट्रिय प्राध्यापक संगठन, संयुक्त उद्योग वाणिज्य महासंघ नेपाल, अखिल नेपाल शिक्षक संगठन, नेपाल उड्ययन तथा पर्यटन व्यवसायी संगठन, नेपाल निर्माण व्यवसायी संगठन, दलित मुक्ति मोर्चा, नेपाल र नेपाल राष्ट्रिय इन्जिनियर्स संगठनको पनि सहभागिता रहेको थियो ।

पार्टीका जनबर्गीय संगठनले संयुक्त रुपमा गरेको सो बिरोध प्रदर्शनमा नेकपाका पोलिटब्युरो सदस्य उमा भुजेलकाे नेतृत्व गरेकी थिइन् । काठमाडौँको सुन्धारादेखि न्युराेड पिपलबाेटसम्म -याली र नाराजुलुशसहित भएको बिरोध प्रदर्शन काेणसभा गरेर समापन गरिएको छ ।

मोदी र ओलीबिचा भएका अरुण तेस्रो लगायतका सम्झौता बिरुद्ध नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मोदी भारत नफर्किदै बिरोध जनाउन सुरु गरेको छ । उक्त पार्टीले बैशाख ३० गते नेपाल बन्दको समेत आव्हान गरेको छ ।

ओली-मोदीबीच सम्झौता भएको केही घण्टा नबित्दै शुक्रबार पार्टीको तर्फबाट प्रबक्ता खडक बहादुर बिश्वकर्मा र शनिबार पार्टी महासचिव विप्लवले बिज्ञप्ति निकालेर बिरोध जनाउदै संघर्षका कार्यक्रम घोषणा गरेका थिए ।

२०७५ बैशाख २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...