आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१९५ पटक

काभ्रे।

काभ्रेको पनौती नगरपालिका-१ रयालेमा बिहीबार बेलुका परेको असिनापानीले करोडौँको तरकारी बाली नष्ट गरेको छ।

तरकारीको मुख्य क्षेत्र मानिने कुशादेवी र रयालेका डाँडाखोला, टापु, पाँचकन्या, रानीकोट, खानीडाँडा, छरुवा, फलामेलगायत ठाउँका किसानले लगाएको आलु, काँक्रो, फर्सी, चिचिण्डा, तीतेकरेला, भेडेखुर्सानी आदि तरकारीको बोट बिहीबार अपराह्न ठूलो मात्रामा परेको असिनापानीले नष्ट पारेको हो।

टापुका किसान गोमा सापकोटाले बारीमा लगाइएको तरकारी असिनापानीले नष्ट गरेपछि आफ्नो वर्ष दिनको कमाइ खेर गएको बताइन्। ‘अर्काको बारीमा भाडा तिरेर लगाएको तरकारी खेती पनि सबै नष्ट पारिदियो, अब कसरी छोराछोरीको पढाइ खर्च र घर खर्च चलाउने होला?’ दुखेसो पोख्दै सापकोटाले भनिन्।

सापकोटाले पाँच वर्ष अगाडिदेखि १० रोपनी जग्गा भाडामा लिएर व्यावसायिक रुपमा तरकारी खेती गर्दै आएकी छन्। लगाइएको तरकारी बाली असिनापानीले नष्ट पारेपछि अब कसरी आम्दानीको विकल्प खोज्ने भन्ने चिन्तामा परेको स्थानीय राजन सापकोटाले बताए।

किसानलाई पहिलाको अवस्थामा नै ल्याउन स्थानीय तहले सहयोग गर्नुपर्ने अर्का किसान वेदप्रसाद सापकोटाका् भनाई छ। असिनापानीले काभेमा मात्रै १० देखि १२ करोड रुपैयाँ बराबरको तरकारी बाली क्षति भएको अनुमान छ।

एक हजार १२७ घरधुरी रहेको सो क्षेत्रका करीब ९० प्रतिशत बासिन्दाको जीवन खेतीपातीबाटै गुजारा गर्दै हुँदै आएको छ। त्यहाँका किसानले फलाएको तरकारी कालीमाटीमा बिक्री हुने गरेको छ।

२०७५ बैशाख २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...