आज : २०७५ कार्तिक २ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१३४ पटक

झापा । 

झापामा चलिरहेको दमक गोल्डकप फुटबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। आज भएको फाइनल खेलमा मनाङ मर्स्याङ्दी क्लबलाई १-० गोलले पराजित गर्दै पुलिसले उपाधि जितेको हो।

उपाधिसँगै पुलिसले रु १३ लाख ११ हजार प्राप्त गर्‍यो। उपविजेता मनाङले ६ लाख ११ हजारमा चित्त बुझाउनुपर्‍यो। फाइनल खेलमा पुलिसका रेजिन सुब्बाले ८८ औं मिनेटमा हेडमार्फत गोल गरे।

प्रतियोगितामा उत्कृष्ट डिफेण्डरमा पुलिसका सन्तोष हेमरम, उत्कृष्ट मिडफिण्डरमा मनाङका सुजल श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा पुलिसका अनन्तराज थापा, उत्कृष्ट फर्वाड पुलिसका रेजिन सुब्बा, सर्वाधिक गोलकर्ताको पुरस्कार संयुक्तरुपमा तीन/तीन गोलकर्ता आर्मीका नवयुग श्रेष्ठ, मदन भण्डारी स्पोर्टस् एकेडेमीका विदेशी खेलाडी म्याक्स अलावाले र एपिएफका हरि कार्की घोषित भए ।

उनीहरुले जनही रु २५ हजार र ट्रफी प्राप्त गरेको थियो। प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी पुलिसका गोलकिपर किरण चेम्जोङ घोषित हुँदै मोटरसाइकल प्राप्त गरे। यही वैशाख १९ गतेदेखि शुरु भएको सो प्रतियोगिता दमक नगरपालिकाले आयोजना गरेको हो।

२०७५ बैशाख २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...