आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१२९ पटक

क्वालालम्पुर ।

मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरलाई विदेश जान रोक लगाइएको छ ।

मलेसियाको अध्यागमन विभागले शनिबार पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक लगाइएको जानकारी शनिबार दिएको हो । उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखिएको जनाएको छ ।

नजिब हालै सम्पन्न निर्वाचनमा उनको पार्टी पराजित भएपछि सत्ताबाट बाहिरिएका थिए । नजिबले आफूलाई अध्यागमन विभागले देश छाड्ने अनुमति नभएको जानकारी गराएको बताए ।

उनले ट्वीट गर्दै भनेका छन्, ‘म यो निर्देशको पालना गर्दछु र आफ्नै परिवारसँग आफ्नो मुलुकमै बस्नेछु ।’ नजिबको कार्यकालमा भ्रष्टाचारले बढावा पाएको आरोप लागेको छ । (एजेन्सी)

२०७५ बैशाख २९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...