आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
५७९ पटक

काठमाडौं ।

केन्याको उत्तर पश्चिम सोलाई सहरनजिक रहेको पतेलबाँध भत्कँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । बुधबार रातभर आएको भीषण वर्षापछि सो बाँधमा ठूलो क्षति पुगेको थियो ।

केही मानिस अझैपनि हराइरहेकाले मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । केन्याको रेडक्रसले ४० भन्दा बढी स्थानीयको उद्धार गरेको जनाएको छ ।

बाँध भत्कँदा त्यस आसपासका दुई हजारभन्दा बढी स्थानीय घरबारविहीन भएका छन् । स्थानीय अधिकारीहरुले बाँधमा पुगेको क्षतिको पूर्णविवरण अझै स्पस्ट नभएको जनाएका छन् ।

केन्यामा गत मार्चयता आएको भीषण वर्षाका कारण १५२ जनाभन्दा बढीको मृत्यु भएको छ भने २ लाख २० हजारभन्दा बढी व्यक्तिको घर भत्किएको छ । (एजेन्सी)

२०७५ बैशाख २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...