आज : २०७५ कार्तिक २८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२९२ पटक

काठमाडौँ ।

सडकमा गीत गाउँदागाउँदै चर्चामा आएका अशोक दर्जीको गीत रिलिज भएको छ । उनको पहिलो गीत रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको छ ।

पछिल्लो समय युट्युवमा भाईरल भएका वाल गायक दर्जी र टङ्क बुढाथोकीको स्वरमा सजिएको ‘मन बिनाको धन ठुलो कि धन बिनाको मन’ भिडियो रिलिज भएको २४ घण्टा नबित्दै ट्रेडिङ वानमा आएको हो

बुधवार मात्र रिलिज गरेको यो गीत बिहीबार बिहानै ट्रेडिङ वानमा आएको छ, भने सात लाख भन्दा बढीले हेरिसकेका छन् । गीतमा बिराज नेपालको शब्द रहेको छ भने सङ्गीत, निर्देशन र सम्पादन बुढाथोकीको आफैको रहेको छ।

म्युजिक भिडियोमा टङ्क बुढाथोकी र दर्जी आफैले अभिनय गरेका छन् । यो भिडियोलाई भुपेन्द्र तुम्बहाम्फेले खिचेका छन् । झापा दमकका सामान्य परिवारमा जन्मेका दर्जी एकाएक चिर्चित गायक बनेका हुन् ।

२०७५ बैशाख २७ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...