इमान्दार संवाददाता
५२ पटक

काठमाडौं । 

भूकम्पले भत्काएका सम्पदा पुननिर्माण गरिदिने प्रतिवद्धता बनाएको भारतले तीन बर्ष बित्दा पनि काम सुरु गरेका छैन । भूकम्पपछि भारतले देशभरका २८ गुम्बा तथा मठमन्दिर पुनर्निर्माण गरिदिने प्रतिबद्धता जनाएको थियो ।

तर प्रतिबद्धताअनुसार हालसम्म कुनै पनि काम सुरु नभएको पुरातत्व विभागले जनाएको खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

भारतले पाटनको नापीचन्द्र महाविहार, गोपीचन्द्र महाविहार, भीमसेन मन्दिर
सिन्धुपाल्चोकको चिरी गुम्बा, सेतो मछिन्द्रनाथ मन्दिर, ओखलढुंगाको नामहोलिङ गुम्बा, ललितपुरको रत्नकार महाविहार लगायतका सम्पदा पुनर्निर्माण गर्ने प्रतिबद्धता जनाएको थियो ।

२०७५ बैशाख २३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड