इमान्दार संवाददाता
२१९ पटक

दोहा ।

वैदेशिक रोजगारीको क्रममा कतारमा रहेका नेपालीहरुले मजदूर दिवस मनाएका छन् । कतारमा नेपाली मजदूरहरुको आवाज बनेको नेपाली जनप्रगतिशिल मोर्चा कतारको अगुवाईमा नेपाली मजदूरहरुले दिवस भव्यरुपले मनाएका हुन् ।

नेपाल कम्युनिस्ट पार्टी निकट प्रवासी मोर्चाले मे दिवसको अबसर पारेर छुट्टीको दिन पारेर दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा मोर्चाका सल्लाहकार समिति संयोजक रमेश गिरीले अबको आन्दोलन अन्तिम हुने भन्दै सम्पूर्ण युवालाई हातेमालो गर्दै अगाडी बढ्न अपील गरे । गिरीले नेपालमा वैज्ञानिक समाजवाद अाएमात्र मजदूर वर्गको हित हुने भन्दै त्यसको लागि संघर्ष अावश्यक भएको बताए ।

सलाहकार सदस्य रेशम पौडेलले अब सबै सचेत भइ साम्राज्यबादी र बिस्तारबादीहरुको ठाडो हस्तक्षेपको विरुद्ध अगाडी बढ्नु पर्ने बताएका थिए। श्रीकृष्ण भट्टराईले १२९ वर्ष अगाडी मजदूरहरुको ७२ दिने बिद्रोहबाट लागु गराइएको मजदुरले ८ घन्टा काम ८ घन्टा मनोरञ्जन र ८ घन्टा बिश्रामको स्मरण गराउँदै नेपाली मजदूरहरु त्यो सुबिधाबाट समेत बन्चित रहेको उल्लेख गरेका थिए।

मोर्चाको केन्द्रिय सदस्य रविन पुनको संचालन र मोर्चा उपाध्यक्ष जयकिशोर पोद्दारको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा मोर्चा अध्यक्ष भक्त बहादुर शाहीले अध्यक्षता गरेका थिए ।

कार्यक्रममा सल्लाहकार सदस्यहरु र मोर्चा केन्द्रीय सदस्य रामहरि अर्याल र महिला प्रतिनिधि बर्षा हमालले मजदूरहरुमाथि अझै श्रम शोषण भइरहेको बताउँदै त्यसको अन्त्य हुनु पर्ने धारणा राखे ।

बक्ताहरुले अाफ्नो देशमा हुँदै गरेको राजनीति अकर्मण्यतालाई अन्त्य गर्नुपर्ने धारण राखेका थिए । उनीहरुले स्वदेशमै पसिना बनाउने रहर हुँदाहुँदै पनि पनि बाध्य भएर विदेशिनु परोको बताएका थिए ।

२०७५ बैशाख २२ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...