इमान्दार संवाददाता
२४७५ पटक

काठमाडौँ ।

आफ्नो प्यारो मान्छे अर्थात जीवनसाथी गुमाउँदाको पीडाले जुनसुकै नारीको मुटु छियाछिया त हुन्छ नै त्यसैमा न लाश पाइने न सास पाइने गरी बेपत्ता भएका श्रीमानको सम्झनाले पिरोलेपछि मुटुमा गाठो परेको पिडालाई सार्वजनिकरुपमै व्यक्त गर्नुपर्ने हुन्छ ।

अझ आफ्नो परिवारको लागि मात्र हैन देश र दुनियाँका लागि आफ्नो अमुल्य जीवनको श्रम समय र विवेक खर्च गरिरहेका सामाजिक अभियानता वा महान योद्धाहरु बेपत्ता हुँदा उक्त पीडाले उनका परिवार आफन्त मात्र हैन सिंगो देशका नागरिकलाई नै पीडाले पिरोलेको हुन्छ।

समाज रुपान्तरण र मुलुकको व्यबस्था परिवर्तनका लागी हिडेका बिद्यार्थी नेता तत्कालिन अखिल क्रान्तिकारीका महासचिव पूर्ण पौडेललाई राज्यले आजकै दिन डेढ दशक अघि अर्थात बैशाख १३ गते गिरफ्तार गरेर बेपत्ता पारेको थियो ।

पौडेलको सम्झनामा उनकी जीवनसंगिनी एवम् नेपाल कम्युनिष्ट पार्टीकी केन्द्रीय सदस्य सावित्रा दुरा ‘आस्था’ले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो प्यारो मान्छेको सम्झना गर्दै मार्मिक स्टाटस लेखेकी छन्।

नेकपा नेतृ आस्थाले आफुलाई मायाँ गर्ने प्यारो मान्छे आफूबाट बिछोडिएको दिनमै हृदयविदारक स्टाटस लेखेपछि माओवादी आन्दोलनमा लागेका नेता कार्यकर्ता र समर्थक शुभचिन्तकहरुको मन अमिलो भएको छ ।

आस्थाले जीवन साथी बेपत्ता भएको दिनलाई स्मरण गर्दै लेखेको स्टाटसमा बैशाख १३ गते आफ्नो जीवनको कालो दिनका रुपमा आउने गरेको बताएकी छन् । उनले आफ्नो विवाह भएको छोटो समयमै जीवन साथीसँग बिछोड़िनु परेको पीडा ब्यक्त गर्दै उनी बेपत्तापछि पनि आफु बिचल्लीत नभएको बताएकी छन् ।

उनले स्टाटसमा आफ्नो जीवन साथीका अन्य सहयात्री नेता कार्यकर्ताहरुले बाटो बिराएको प्रसङ्ग पनि कोट्याएकी छन् । उनले भनेकी छन्- ‘तपाईको सपना साकार पार्न विचारमा तपाईंको साथमा रहि निरन्तर लागिरहेकै छु। बिचारबाट धेरै टाढा गएका तपाईका सहयोद्दा सकिन्न, असम्भव भनेर बाटो फेरेका छन तर म सम्भब छ, सकिन्छ र सक्नुपर्छ भनेर लागिपरेको छु। तपाईं जस्तो महान त बन्न सक्छु कि सक्दिन तर प्रण गर्छु तपाईंको सपना साकार पार्न हर प्रयत्न जारी राख्नेछु।’

उनले स्टाटसमा सहकार्यको छोटो अबधिमै बिछोडिनु परेको प्रसङ्ग उल्लेख गर्दै भनेकी छन्- ‘तपाईंको क्रान्ति र बर्ग प्रतिको निष्ठा, लगाब, उर्जा र समर्पणभाबले बिछोडको लामो अबधीमा पनि सधैं प्रेरणा दिइरहन्छ। तपाईंको खोजीमा आमा र परिवारको डेढ दशक बितिसकेको छ। यतिका बर्ष बितिसक्दा पनि बेपत्ता योद्धाहरुको स्थिती पत्ता लगाउन नसक्दा कहिले काहीं निरास पनि हुन्छु फेरि सोच्छु यो राजनीतिक मुद्दा हो बेपत्ताको यथार्थता बोलेको दिन शासकहरुको चिहान त्यहीँबाट खनिने डरले दलाल सत्ता योजनाबद्द बोल्न चाहदैन।’

आस्थाले जीवन साथीसँग आफ्नो भेट हुने आशाबारे डटडट लेख्दै आफूहरुको भौतिक भेट नभएपनि उनको सपना साकार पार्न विचारमा निरन्तर साथमै रहिरहने प्रतिबद्धता दोहोर्‍याएकी छन् । नेतृ हुनुको नाताले आस्था आफ्नो जीवनसाथीसँग बिछोडिनुको पीडालाई जबर्जस्त मुटुमा गाठो पारेर राख्दै आजको दिनमा सम्पूर्ण बेपत्ता योद्धाहरुलाई सम्झेकी छन्।

पौडेललाई २०५९ साल जेठ १३ गते नेपाल प्रहरीले काठमाडौंको कालीमाटीबाट प्रक्राउ गरेर बेपत्ता बनाएको थियो । उनलाई तत्कालीन अवस्थामा प्रहरी इन्सपेक्टर रामकृष्ण राई नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । त्यसपश्चात उनको अवस्थाको बारेमा हालसम्म कुनै जानकारी दिइएको छैन ।

२०७५ बैशाख १३ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड