आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
२०२७ पटक

काठमाडौँ ।

काठमाडौँ महानगरपालिका वडा नम्बर १६ मा बस्ने प्रेम कुमारी खड्गीले चलाएको ठगि धन्दाबारे इमान्दार मिडिया डटकमले समाचार प्रकाशन गरेपछि उनीबाट पीडितहरु एकपछि अर्को प्रमाणसहित हाम्रो सम्पर्कमा आउन थालेका छन् ।

खड्गीले एकातिर आफ्नो घर फाइनान्स राख्ने र अर्कोतिर उक्त घर बिक्रीमा रहेको भन्दै बैना लिएर फिर्ता नगरेर ठगि धन्दा चलाउने गरेको समाचार बाहिर आएपछि उनका यस्ता काण्डहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेका हुन् ।

घर फाइनान्समा हुँदाहुँदै व्यक्तिलाई झुक्याएर बिक्रीमा छ भन्दै बैना लिनुले नै उनको ठगि गर्ने गलत नियत रहेको प्रष्ट हुन्छ । त्यसपछि उनले आफ्नो ठगि धन्दाको बचाउ गर्न त्यस प्रकारको कारोबार नभएको विवरण उल्लेख गर्दै हामीलाई चिट्ठी समेत लेखिन । तर उनले आर्थिक कारोबार गरेका सबै लिखित अलिखित विवरणहरु इमान्दार मिडियाले प्राप्त गरेको छ ।

घर फाइनान्समा राखेर बिक्रीमा लागि बैना लिएको रकम फिर्ता नगरी ठगि गरेको काण्ड बाहिरिए लगत्तै काठमाडौँको भीमसेनस्थानस्थित बिजय शान्ति ऋण तथा बचत सहकारी सँस्थासँग सर्मिला शाहीलाई साँक्षी राखेर लिएको २९ लाख रकम लामो समयदेखि नतिरी सम्पर्क बिहिन भएको खुलासा भएको छ ।

अघिलो समाचार बाहिर आएपछि सहकारीसँग कुनै आर्थिक कारोबार नभएको स्पष्टीकरण दिएकी प्रेम कुमारीले सहकारीलाई खातामा पैसा नभएको बैंकको २९ लाख ८३ हजार ९ सय ८८ रुपैयाँको चेक दिएर आफु बेपत्ता भएकी थिइन् ।

सहकारीका कोषाध्यक्ष पूर्ण रत्न बज्राचार्यले प्रेम कुमारी खड्गीले आफ्नो सहकारीसँग सर्मिला शाहीलाई साँक्षी राखेर रकम लिएको स्वीकार गरेका छन्। बज्राचार्यका अनुसार अहिले सहकारीले प्रेम कुमारीका विरुद्धमा मुद्दा लडीरहेको छ ।

उनले इमान्दार मिडियासँग भनेका छन्- ‘हामी अहिले प्रेम कुमारी खड्गीका बिरुद्ध मुद्दा लडीरहेका छौ । त्यसको खर्चपर्च पनि शर्मिला शाहीसँग लिइरहेका छौ । प्रेम कुमारीको साँक्षी सर्मिला भएकाले अदालतमा लाग्ने खर्च पनि शर्मिलाले नै बेहोरी रहेकी छन्।’

सहकारीले आफ्नो रकम अशुल गर्न साँक्षीलाई अदालतमा लाग्ने खर्च समेत बेहोर्न लगाएर थप अन्यायमा पारेको देखिएको छ । यसरी प्रेमकुमारी खड्गीको एकपछि अर्को ठगि धन्दाको नयाँ तरिका बाहिर आउन थालेका छन्।

आफ्नो घरलाई दरबारमार्ग स्थित युनाइटेड फाइनान्समा धितो राखेर ऋण लिएकी प्रेम कुमारीले सबैलाई त्यही घर देखाउदै घर वा कतै न कतैको आफ्नो जग्गा बेचेर रकम फिर्ता गर्ने भन्दै झन्डै आधा दर्जन बढी ब्यक्तिसँग ऋण सापट लिने गरेको खुलेको छ । काठमाडौँकै प्रमिला शाहीसँग लिखित कागज गरेर प्रेम कुमारीले २२ लाख रकम लिएको देखिएको छ।

खड्गीले लिखितरुपमा आर्थिक कारोबार गरेको बाहेक केही थप आफन्तहरुसँग समेत लिखित कागज बिना नै लाखौको कारोबार गर्ने गरेको खुलेको छ । उनले आफ्नै केही नजिकका आफन्तहरुसँग पनि आर्थिक कारोबार गरेर फिर्ता नदिएको पिडितहरुको दुखेसो छ ।

धन्दा कतिसम्म मौलाएको छ भने उनले नजिकैका नातेदार महेन्द्र शाहीसँग १० लाख नगद लिएर फिर्ता गरेकी छैनन् । त्यतिमात्रै हैन अर्का आफन्त पदम शाहीसँग पटक-पटक गरी १८ लाख रुपैयाँ सापट लिएर फिर्ता गरेकी छैनन् । उनीहरु अहिले रकम कसरी अशुल गर्ने भन्ने चिन्तामा छन् ।

पीडितहरु आफुसँग लिखित कागज नभएका कारण कानुनीरुपमा मुद्दामामिला गर्न पनि नसक्ने बताउछन् । आफन्त भएका कारण बिस्वासका आधारमा पैसा दिएको र अहिले फिर्ता लिन नसकेको उनीहरुको दुखेसो छ । आफ्नो रकम लिएर फिर्ता नगरेकी प्रेम कुमारीका बारेमा अरु व्यक्तिहरुसँग रकम लिएर फिर्ता नगरेको समाचार आएपछि आफुहरु छक्क परेको उनीहरुले बताए ।

समाचारमा आफ्नो नाम उल्लेख नगर्ने सर्तमा केही पीडितहरुले इमान्दार मिडियासँग भने- ‘हामीहरु अहिले कानुनीरुपमा न्याय नपाउने र आफ्नो रकम अशुल नहुने अन्तिम अबस्थामा छौ । प्रेम कुमारीले हामीलाई यो पनि एक प्रकारको ठगि नै गरिन । अब उनलाई ठगि मुद्दामा जेल हालेर चित्त बुझाउने योजनामा हामी छौ।’

विस्वासका आधारमा आर्थिक कारोबार गरेका तर लिखित कागज नगरेका आधा दर्जन बढी पीडितहरु इमान्दार मिडियाको सम्पर्कमा आएका छन् । करिब एक दशकदेखि यसरी नै विभिन्न व्यक्तिसँग कतै कागज गरेर त कतै कागज नगरेर रकम लिने र फिर्ता नगरी ठगि गरेर फरार हुने उनको यो गज्जबको ठगि धन्दाबारे हामी थप विवरणसहितको समाचार अर्को अंकमा प्रकाशित गर्ने छौ ।

प्रेम कुमारीको ठगि धन्दाबारे यो समाचार पढ्न छुटाउनुभयो कि ?

काठमाडौंमै यस्तो: श्रीमान-श्रीमती गज्जबको ठगि धन्दामा, एउटै घर एकातिर बन्धकी अर्को तिर बिक्रीका लागि बैना !

२०७५ बैशाख ११ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...