आज : २०७५ कार्तिक १ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
१४२७ पटक

काठमाडौं ।

प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवको घरमा बम बिस्फोट भएको छ । ललितपुरको हत्तिबनस्थित आयुक्त डा. यादवको घरमा आइतबार साँझ बम बिस्फोट भएको स्थानीयले बताएका छन् ।

आइतबार साँझ करिब ७ बजेतिर यादवको घरमा ठुलो आवाजसहित बिस्फोट भएको स्थानीयको भनाई छ । विस्फोटबाट के-कति क्षति भएको छ भन्ने बारेमा केहि जानकारी प्राप्त भएको छैन ।

बिस्फोट अावाज अाएसँगै वरपर भागदौड मच्चिएको थियो । स्थानीय जम्मा भएपछि बम विस्फोट नै भएको पुष्टि भएको थियो । अहिले प्रहरी घटनास्थलतिर जाँदैछ ।

अज्ञात समूहले गराएको विस्फोटबाट के कति क्षति भयो भन्ने विवरण अाउँन बाँकी छ ।

२०७५ बैशाख ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...