इमान्दार संवाददाता
२३७ पटक

काठमाडौं ।

नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे विजयी भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा पाण्डेले १७७ मत सहित पाण्डे अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रत्यासी सरोजकुमार बस्नेतले भने १६५ मत मात्र पाएका थिए । प्रथम उपाध्यक्षमा भने बस्नेत समूहका महेशबाबु तिमिल्सिना १७९ मतका साथ विजयी भएका छन् ।

राजेन्द्र रिजाल १७६ र देवीदास भट्टराई १६९ मत ल्याएर क्रमशः द्वितीय र तृतीय उपाध्यक्ष बन्न सफल भएका छन् । रिजाल बस्नेत समूहका हुन् भने भट्टराई पाण्डेको प्यानलबाट चुनावी मैदानमा उत्रिएका थिए ।

उपाध्यक्षको प्रतिस्पर्धामा उत्रिएकी सपना राजभण्डारी १५८ मत पाइन् भने खड्ग ताम्लिङले १४३ मत बटुले । इक्यानले दिएको जानकारी अनुसार, उपाध्यक्षमा पराजित उमेश ढुंगेलले १०१ र कृष्णहरि केसीले ३९ मत पाएका छन् ।

महासचिवमा शेषराज भट्टराई विजयी भएका छन् । उनी सन्तोष प्याकुरेललाई ६६ मतान्तरले पराजित गर्दै विजयी भएका हुन् । भट्टराईले २०३ मत ल्याउँदा प्याकुरेल १३७ मतमा रोकिए ।

सचिवमा दीपकराज भुसाल र विक्रम केसी विजयी भएका छन् । उनीहरुले क्रमशः १८७ र १४१ मत बटुले । कोषाध्यक्षमा गोविन्द अधिकारी र सह–कोषाध्यक्षमा निरुपमा महर्जन निर्वाचित भएका छन् ।

२०७५ बैशाख ९ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड