आज : २०७५ कार्तिक २७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter
इमान्दार संवाददाता
९७७ पटक

काठमाडौँ, । 

नेपाल पत्रकार महासंघको प्रदेश चुनावलाई लिएर नेपाली काँग्रेस नेकपा एमाले र माओवादी केन्द्र निकट ३ पत्रकार संगठनले गरेको गठबन्धनका विरुद्धमा अर्को मोर्चाबन्दी भएको छ ।

प्रेस युनियन, प्रेस चौतारी र प्रेस सेन्टरले आगामी प्रदेश चुनाबका लागि भन्दै गरेको भागबण्डाले महासंघको चाझा चरित्रलाई नै ध्वस्त पारेको भन्दै अन्य ७ पत्रकार संगठनहरुले बुधबार संयुक्त बिज्ञप्ति जारी गर्दै मोर्चाबन्दी गरेको घोषाणा गरेका छन्।

नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट क्रान्तिकारी पत्रकार संगठन, नेपाल मोहन बैद्य ‘किरण नेतृत्वको क्रान्तिकारी माओवादी र अन्य साना दल निकट पत्रकारसंगठनले संयुक्त बिज्ञप्ति जारी गर्दै ३ दलीय सिण्डिकेटका विरुद्ध संघर्ष गर्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघको इतिहासमा पहिलो पटक हुन लागिरहेको प्रदेश चुनावका सम्बन्धमा ठूला भनिएका तीन संगठनले मंगलबार गरेको भागबण्डाको सहमतिप्रति गम्भीर असहमति राख्दै भागबण्डाको विरुद्ध जस्तोसुकै आन्दोलन गर्न परे पनि तयार रहने उनीहरुले बताएका छन् ।

संघर्षमा उत्रिने निर्णय गरेका ७ संगठनले ‘महासंघको साझा र छाता चरित्रलाई ध्वस्त पार्दै ३ दलीय सिण्डिकेटद्वारा सर्बसत्तावाद लाद्ने र अन्य संगठन तथा स्वतन्त्र पत्रकारहरुको अस्तित्वलाई निषेध गर्ने रणनीति अनुसार गरिएको सहमतिलाई कुनै पनि हालतमा नमान्ने निर्णय गरिएको क्रान्तिकारी पत्रकार संगठन नेपालका अध्यक्ष प्रभात चलाउने बताए ।

यस्तै क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले महासंघलाई अमूक पार्टीको भातृ संगठनमा परिणत गराउन खोज्ने यो सर्वसत्तावादी प्रवृत्तिको घोर भत्र्सना एवम् निन्दा गर्दै प्रदेश चुनावको सम्बन्धमा सरोकारवाला संगठनहरुसँग पर्याप्त परामर्श नगरी महासंघको वर्तमान नेतृत्वले चुनावी प्रक्रिया अगाडि बढाएकोप्रति कडा आपत्ति ब्यक्त गरिएको बताएका छन् ।

यस्ता छन् घोषित कार्यक्रमहरु 

यस्तै ७ संगठनको मोर्चाले महासंघलार्इ सबैकाे साझा बनाउन नदिने, कथित बहुमत सिद्ध गरी केही समूहकाे झाेली र गाेजीमा हाल्न गरिरहेकाे प्रयासप्रति गम्भीर अापत्ती जनाउदै प्रदेश चुनावका क्रममा भइरहेका विवादित गतिविधिहरु रोक्न आम पत्रकारहरुलाई आग्रह गर्ने निर्णय गरेको छ ।

कार्यसमितिका काम तथा प्रदेश निर्वाचनको सन्दर्भमा गरिएका गतिविधि तथा सिण्डिकेटका विरुद्धमा महासंघका पूर्व सभापति, अध्यक्ष तथा सबै सरोकारवालाहरुबीच अन्तरक्रिया गर्ने निर्णय गरेको छ ।

महासंघ सबैको साझा बनाउने र प्रतिनिधित्व सुनिश्चित हुने अवस्था सिर्जना नगरी जबर्जस्त सिण्डिकेट र मनपरी लाद्ने प्रयत्न गरिएमा महासंघमा तालाबन्दी गर्ने निर्णय गरेको छ ।

यस्तै प्रदेश निर्वाचनको वैधानिकतामाथि उठेका प्रश्नको छलफलका लागि कानुनी उपचार रोज्ने निर्णय गर्दै महासंघलाई बिगतमा झैँ सबैको साझा बनाउनका लागि पहल गर्न महासंघकाे वर्तमान कार्यसमितिलार्इ माग गरेका गेरको छ ।

यदि याे कुरालार्इ गम्भीर रुपमा नलिर्इ अप्रत्यक्षरुपमा बाह्य सिण्डिकेट र मनाेमानी लादन दिने तिरै कार्यसमिति सहयाेगी बन्याे भने कडा अान्दाेलनका कार्यक्रम घोषाणा गर्ने बताएको छ ।

इतिहासमै पहिलोपटक हुन लागेको प्रदेश चुनावमा महासंघ केन्द्रको याे कार्यसमितिले ३ दलीय सिण्डिकेट लाद्न दिने खालको निर्णय गर्यो भने महासंघकै इतिहासमा सबैभन्दा ठूलाे विवाद सिर्जना गर्ने कार्यसमितिमा दर्ज हुने ७ संगठनहरुको ठम्याई छ ।

महासंघकाे प्रदेश संरचना पहिलाे पाइलादेखि नै विवादमा फस्ने र अन्तत: महासंघ वास्तविक रुपमा साझा महासंघ नरहने खतरा भएकोले पनि अहिलेको चुनावमा सजक सचेत रहन सम्बन्धित सबै पक्षसँग आग्रह पनि ७ संगठनले गरेका छन्।

यस्तो छ बिज्ञप्ति 

२०७५ बैशाख ५ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...