इमान्दार संवाददाता
९९६ पटक

काठमाडौं ।

अखिल नेपाल शिक्षक संगठनको बैठकमाथि प्रहरीले हस्तक्षेप गरेको छ । श्रमविभागमा दर्ता भई शैक्षिक र पेशागत सुदृढिकरणमा लागि परेको नेकपानिकट अखिल नेपाल शिक्षक संगठनको बैठकमा हस्तक्षेप गरी केन्द्रीय उपाध्यक्ष र महासचिवसहित १० जनालाई गिरफ्तार गरेको छ ।

मंगलबार धरानस्थित हरियाली सामुदायिक वनको गेस्ट हाउसबाट प्रहरीले उनीहरुलाई अपहरण शैलीमा गिरफ्तार गरेर लागेको उक्त सङ्गठनले जनाएको छ । प्रहरीले संगठनको क्षेत्र नम्बर १ को बैठकमा गएका केन्द्रीय उपाध्यक्षहरु लक्षीराम ढकाल, गणेश लिम्वु, महासचिव रमेश रुपाखेती, केन्द्रीय सदस्य युवराज गौतम लगायतका १० जनालाई गिरफ्तार गरेको छ ।

यसैबीच आफ्ना नेताहरुलाई बिनाकारण गिरफ्तार गरेको भन्दै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष घनश्याम पाठकले विरोध जनाएका छन् । मंगलबार नै एक विज्ञप्ती जारी गर्दै उनले संगठनको शान्तिपूर्ण बैठकमा जुटिरहेका नेताहरुलाई गिरफ्तार गरिएको भन्दै यथासिघ्र रिहाइको माग गरेका छन् ।

ओली सरकारको प्रशासनले सामान्य भेला, बैठमा समेत धरपकड र हस्तक्षेप गरेको भन्दै नेपालका अन्य शिक्षक संगठनहरुले पनि विरोध गरेका छन् ।

२०७५ बैशाख ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड