इमान्दार संवाददाता
४१ पटक

काठमाडौं ।

इण्डियन पि्रयिमर लिग (आईपीएल) अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयर डेभिल्सलाई ७१ रनले पराजित गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । २०१ रनको लक्ष्यसहित व्याटिङ सुरु गरेको दिल्ली डेयरडेभिल्स १४ ओभर २ बलमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

दिल्लीका लागि म्याक्सवेलले २२ बलमा ४७ र रिसब पन्तले २६ बलमा ४३ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर गर्न सकेनन् ।

बलिङतर्फ सुनिल नराइन र कुलदिप यादवले ३-३ विकेट लिए । यसअघि सुरुमा व्याटिङ गरेको कोलकाताका लागि नितिश रानाले सर्वाधिक ५९ रनको योगदान दिए । ३५ बल सामना गरेका उनले ५ चौका र ४ छक्का प्रहार गरे ।

बलिङतर्फ राहुल टेवाटियाले तीन विकेट लिए भने । ट्रेन्ट बोल्ट र क्रिश मोरिसले समान २-२ विकेट हात पारे ।

२०७५ बैशाख ४ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड