इमान्दार संवाददाता
४३७ पटक

काठमाडौँ ।

लामो समयदेखी नेपाली लोक संगीत क्षेत्रमा जमेको अराज केशव र चक्र बमको जोडीले पुनः निकै रमाइलो खालको देउडा कोशेली बजारमा ल्याएका छन्  । उक्त गीतलाई केशव र चक्रले देउडामा फ्युजन भनेका छन् ।

उनीहरुको बुझाईमा सुदूरपश्चिमको देउडा सँस्कृतिलाई अलिकति आधुनिक नबनाउने हो भने यो सस्कृति देशव्यापी बन्ने सम्भावना कम हुन्छ । त्यसैले यसलाई सबैको सँस्कृति बनाउन यस्तो देउडा उत्पादनको जुक्ति निकालिएको हो ।

आफ्नो सँस्कृति स्थापित गर्न र सुदुरको देउडालाई पुर्बपश्चिमकै बच्चादेखि युवायुवती र बुढाबुढीले समेत हेर्न, सुन्ने बनाउन आफुहरु केही बर्ष पहिलेदेखि नै लागिपरेको केशव-चक्रले बताएका छन् ।

सुदूरपश्चिमेली देउडा सँस्कृतिको जगेर्ना र प्रवर्द्धन गर्ने उदेश्यका साथ पछिल्लोपटक आधुनिक देउडा गीत “हाइ कलि” बजारमा ल्याइएको उनीहरुको भनाई छ ।

इमान्दार मिडियासँग कुरा गर्दै गायक तथा सर्जक चक्र बमले बिगतमा जस्तै यसपटक पनि बजारमा आएको “हाइ कलि”लाई सबै संगीतप्रेमी दर्शक श्रोताहरुले उतिकै रुचाउने आशा आफुहरुले गरेको बताएका छन् ।

चक्र बम, अराज केशव र पुष्पा बोहोराको स्वरमा सजिएको यो गीतमा चक्र बम र प्रकाश राज जोशीका सब्द र बमको आफ्नै लय रहेको छ । बिक्रम चौहानले निर्देशन गरेको गीतको म्युजिक भिडियोको छायांकन प्रकाश खड्काले गरेका छन्, भने मिलन बिकले सम्पादन गरेका छन् ।

शुक्लाफाँटा एकता समाजको पहिलो प्रस्तुति आधुनिक देउडा “हाइ कलि”लाई बि स्टार फिल्मस् प्रा.लिले निर्माण गरेको छ । केशव बडुले ब्यवस्थापन गरेको यो गीतको म्युजिक भिडियोमा चक्र बम, चन्द्रा बिक र बिकाश रोकायाले अभिनय गरेका छन् ।

चक्र वम र अराज केशवले यस अघि बजारमा ल्याएका प्राय सबै म्युजिक भिडियोहरु नेपाली गीत संगीतका पारखीहरुले निकै मन पराएका छन् ।

हेर्नुहोस् भिडियो

यो पनि हेर्नुहोस्

आफ्नै गाउँकी बेलमती लिएर गायक चक्र बम बम्बै टाप, भन्छन् गल्ती भए माफ (भिडियोसहित)

गायक चक्र बमले भुन्टीलाई ५ रुपैयाँमै नचाए (भिडियोसहित)

 

२०७५ बैशाख २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड