इमान्दार संवाददाता
६४ पटक

काठमाडौं ।

थाइल्यान्डको राजधानी बैंककबाट काठमाडौं उडान गर्ने एयरलाइन्स थपिने भएको छ। हालसम्म दुईवटा एयरलाइन्सलेमात्र उक्त रुटमा सेवा दिइरहेकोमा अब तीन हुने छन्।

थाइल्यान्डको थाइलायन एयरलाइन्सले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अपरेटिङ अनुमति पाएसँगै बैंकक–काठमाडौं रुटमा सेवा दिने एयरलाइन्स थप हुने भएको हो।

सस्तो हवाई सेवा दिने एयरलाइन्सको रुपमा चिनिएको थाइलाययनलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अपरेटिङ अनुमति दिएको मन्त्रालयका सहसचिव शुरेश आचार्यले जानकारी दिए।

हप्तामा अधिकतम सातवटा उडान गर्नेगरी अनुमति पाएएको थाइ लायनले स्लट, उडान समय तालिका भने नागरिक उड्डयन प्राधिकरण विमानस्थल कार्यालयबाट पाउने छ।

यो रुटमा हालसम्म थाइ एयरवेज र नेपाल एयरलाइन्सले उडान गर्दै आएका छन्। थाइलायनको हब विमानस्थल भने दन मुयाङ इन्टरनेसनल एयरपोर्ट हो। बैंकमा दुईवटा अन्तर्राष्ट्रिय विमानस्थल छन्।

इन्डोनेसियाको लायन एयरको भगिनी कम्पनीको रुपमा रहको थाइ लायन बजेट एयरलाइन्स हो। योसँगै नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय एयरलाइन्सको संख्या ३० पुगेको छ।

२०७५ बैशाख २ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड