इमान्दार संवाददाता
११५ पटक

काठमाडौं ।

नयाँ बर्षको अवसरमा रारा घुम्न पुगेका प्रधनमन्त्री केपी ओलीले उतैबाट देशवासीका नाममा सम्बोधन गरेका छन् ।ओलीले मुलुकमा अब आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर आएको बताएका छन् ।

नेपालको ठूलो र मनमोहक ताल राराको डिलमा बसेर शनिबार बिहान प्रधानमन्त्री ओलीलेले मुलुकका समस्या समाधान गर्न सरकार सक्षम रहेको दावी गरे ‘निर्वाचनको सफलतासँगै हाम्रो देश नेपाल, लोकतान्त्रिक अभ्यासमा नयाँ मानक स्थापित गर्न सफल भएको छ । इतिहासले हामीलाई आर्थिक विकास र समृद्धिका लागि अभूतपूर्व अवसर प्रदान गरेको छ’ उनले भने- ‘हाम्रा अगाडि समस्या थिए, समाधान गर्नुपर्ने दायित्व थियो । अहिले जनताले तिनै समस्या सम्बोधन गर्ने अख्तियारी हामीलाई दिएका छन् ।’

प्रधानमन्त्री ओलीले २०७४ साल महत्वपूर्ण राजनीतिक उपलब्धिको साल रहेको उल्लेख गर्दै गत सालमै राजनीतिक संक्रमणकालको अन्त्य हुँदै लोकतान्त्रिक, देशभक्त, अग्रगामी तथा विकासप्रेमी सरकार मुलुकले पाएको समेत दावी गरे ।

‘अहिले पनि के नेपाल बन्छ ? के यो सरकारले हाम्रा सपना पूरा गर्छ’ भन्ने प्रश्न आफूले पटक पटक सुन्दै आएको बताउँदै उनले भने, ‘नेपाल बन्छ, बनाउनैपर्छ । हो, हरेक चिजको आयु र अवधिको सीमा हुन्छ । मान्छेको ज्ञान र सामथ्र्यको पनि सीमा हुन्छ । तर इमानको कुनै सीमा हुन्न, निष्ठाको कुनै निर्धारित आयु छैन । इमान र निष्ठाका साथ काम गर्न कसैलाई कुनै अतिरिक्त प्रशिक्षणको पनि खाँचो पर्दैन ।’

प्रधानमन्त्रीले नेपाललाई पछाडि पार्ने सामन्तवाद अब इतिहास भइसकेको, पराधीन बनाउने सोचहरू कमजोर भएको र विभाजित गर्ने शक्तिहरू किनारा लागेको उल्लेख गरे । राष्ट्रहरूबीचको सम्बन्धलाई आकार, जनसङ्ख्या र अर्थतन्त्र सानो या ठूलो हुने कुराले होइन, सार्वभौम समानताको विषयले तय गर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

उनले राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राखेर छिमेकी, सबै मित्र राष्ट्र र अन्तर्राष्ट्रिय समुदायसँग घनिष्ठ सम्बन्ध विकास गरिने पनि बताए । प्रधानमन्त्री ओलीले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध निर्मम र सम्झौताहीन ढङ्गले प्रस्तुत हुने बताउँदै यसका लागि आवश्यक कानूनी र संरचनागत सुधार गरिने जानकारी दिए ।

नयाँ बर्ष २०७५ सालको अवसरमा घुमघामका लागि ओली पत्रकार र आफ्ना नजिकका नेता कार्यकर्ता लिएर रारा पुगेका हुन् । चैत ३० गते हेलिकप्टरबाट रारा पुगेका ओलीले बैसाख १ गते भाषण गरेका हुन् ।

भाषण गर्न निक्कै पोख्त मानिने ओलीले अरु केके भने ? हेर्नुहोस् भिडियो

२०७५ बैशाख १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड

Loading...