इमान्दार संवाददाता
१६९४ पटक

रौतहट ।

मादकपदार्थ सेबन गरेका नेपाली सेनाका चार जनाले रौतहटको चन्द्रपुरमा अशान्ति मच्चाएका छन । बाटो हिंडने बटुवाहरुलाई गाली गलौजमा उनीहरु उत्रिएपछि स्थानीयले बिरोध जनाएका छन ।

रौतहटको चन्द्रपुर–५ स्थित देउराली चौकमा रहेको एक होटलमा मदिरा पिएका दिल बहादुर शाही, रमेश राना, सुरेन्द्र भण्डारी र थर नखुलेका मानबहादुरले होटल संचालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको केही घण्टामानै नेपाली सेनाले उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

ती चारैजना सर्लाहीको नवलपुर स्थित रणशेर गणमा कार्यरत छन् । ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरेका उनीहरुलाई नेपाली सेनाको चन्द्रनिगाहपुरमा रहेको ईन्द्रबक्स गणले नियन्त्रणमा लिएपछि उनीहरुले होटलमा खाएको २ हजार रुपैया तिरेको थियो । चन्द्रपुर–९ सिन्धुरेघारीमा संचालित नेपाली सेनाको तालिमको उनीहरु शिक्षार्थी हुन ।

२०७५ बैशाख १ गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड