इमान्दार संवाददाता
१३११ पटक

चितवन ।

नेपाल कम्यनिष्ट पार्टी चितवनले एमाले-माओवादी नेतृत्वको सरकारले आफ्नता नेता कार्याकर्ता गिरफ्तार गरेकोप्रति गम्भीर आपत्ती जनाएको छ ।

नेकपा चितवनका जिल्ला इन्चार्ज लालबहादुर बिसीले शुक्रबार एक बिज्ञप्ति जारी गर्दै प्रहरीले आफ्ना कर्ताकर्ता गिरफ्तार गरेकोप्रति गम्भीर आपत्ति जनाएका हुन् ।

विज्ञप्तिमा एमाले माओवादी केन्द्रको सामाजिक दलाल सरकारको निर्देशनमा प्रहरीले आफ्नो पार्टीका कार्यकर्ता गिरफ्तार गर्ने, कार्यकर्ताको घरमा खानतलासी गर्ने र सर्वसाधारण जनतालाई पनि आफ्नो पार्टीको नाममा गिरफ्तार गर्ने गरेको बताइएको छ ।

प्रहरीले बिगतको संकटकालको झल्को दिनेगरी राज्यले आफ्ना पार्टीका नेता कार्यकर्तालाई गिरफ्तार गर्ने, घरमा खान तलासी गर्ने र आतंकित पार्ने काम गरेको भन्दै सरकारको यस्तो हर्कतले उसैले बनाएको संबिधान र ऐन कानुनको समेत धज्जी उडाएको नेकपाको भनाई छ ।

यस्तै विज्ञप्तिमा दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्न लगाएर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको बताइएको छ ।

‘विगतमा राज्यले लगाएको संकटकालको समयजस्तो गरी पार्टी डिसएस क. धु्रव लगायत अन्य कार्यकर्ताको घरमा छापा मार्ने र परिवारलाई आतङ्कित गर्ने काम गरिएको छ । आफैले बनाएको प्रचलित संविधान, ऐन र कानुनको आफै धज्जी उडाएको छ । विज्ञप्तिमा भनिएको छ, -‘दलाल संसदीय व्यवस्था र यसका प्रतिनिधिले गर्ने करछली, भ्रष्टचार, कमीसनखोर, जमिन दृष्टिबन्धक राख्न लगाएर किसानलाई भुमीहिन बनाउने र घुसखोरीको संरक्षण गर्न सामाजिक दलाल सरकारले हाम्रो पार्टीको नेता कार्यकर्ताको घरमा खानतलास, धरकपड र गिरफ्तारी गर्ने गरेको छ ।’

दलाल संसदीय सरकार र यसका कथित स्थानीय निकायले जनतामाथि जबर्जस्ती थोपरेको कर लगायत सवै हरकतका विरुद्ध आफ्नो पार्टीले आन्दोलन गरिरहेकाले जनताको तर्फबाट दलालहरुलाई कारबाही गरिनु स्वाभाविक भएका कारण प्रहरीले आफ्ना कार्यकर्तामाथि धरपकड गर्नुको कुनै अर्थ नरहेको छ ।

प्रहरी हिरासतमा रहेका आफ्ना कार्यकर्ताको तत्काल रिहाइ गर्न माग्दै गर्दै नेकपाले गिरफ्तार गरिएका आफ्नो पार्टीका कार्यकर्ताको शिघ्र रिहाइ नगरे आन्दोलन चाप र मात्रा अझ बढने यसबाट उत्पन्न हुने परिणामको जिम्मा स्वंय सामाजिक दलाल सरकार हुने बताएको छ ।

यस्त छ प्रेस वक्तव्य

२०७४ चैत ३० गते प्रकाशित

    फेसबुक ट्वीटर

    तपाईं हामीसँग  फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

प्रतिकृया दिनुहोस्

खाली एड